अमेरिकामा प्रेमी कला केन्द्रको औपचारिक शुरुवात (भिडियो सहित)


Mira-Rana---Singer-of-Nepal ग्ल्यामर नेपाल, भजिर्निया । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा लोक गायक प्रेमराजा महत र गायिका मिरा राणाको पहिलो अक्षरबाट नाममा जुराइएको प्रेमी कला केन्द्रको संगीत पाठशालाको औपचारिक कक्षा शुरुवात भएको छ। अमेरिकाका लागि अवैतनिक महावाणिज्य दुत प्रेमराजा महतले उपस्थित औपचारीक कार्यक्रममा उपस्थित शिष्य तथा अभिभावकहरुलाई कला केन्द्रको बारेमा जानकारी दिएका थिए। त्यस्तै, गायिका मीरा राणाले सबै उपस्थित महानुभावहरुलाई टिका लगाई स्वागत गरेकी थिइन।
prem-raja-mahat कला केन्द्रमा आफ्नो कला र नेपाली संस्कृति जगेर्ना गर्नको लागि स्थापना गरिएको हो। यस कला केन्द्रमा अभिभावकहरुले आ-आफ्ना छोरा छोरीलाई विदेशमा बसोबास भएता पनि नेपाली कला संगीत सिकाई कलाको जगेर्ना गर्न अनुरोध गरिएको छ। उक्त अवसरमा विभिन्न समाजसेवि तथा नेपालबाट भर्खरै आउनु भएका दण्डपानी गौतम र वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको अन्त्यमा कलाकार मीरा राणाले आफ्नो भनाई राख्दै सम्पूर्ण नेपाली समुदायलाई भरपूर फाइदा लिन अनुरोध गरेकी थिइन्।

SUBSCRIBE 👉