मोडलमाझ सुनिल थापाले बाँडे अभिनय अनुभव


Sunil-thapa-wilsom-bikram-rai
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली फिल्म उद्योगका चर्चित अभिनेता सुनिल थापा ‘राँते काइला’ले हालै नेक्स्ट मोडल्स नेपालले राजधानीमा आयोजना गर्न लागेको ‘मोडल अफ द इयर २०१४’मा प्रतिष्पर्धी ४० मोडलमाझ आफ्नो अभिनय यात्राको अनुभव साटेका छन् । राजधानीको त्रिपुरेश्वरस्थित रिदम लञ्च एण्ड बारमा आयोजित कार्यक्रममा थापाले कलाकारले अभिनय गर्दा ध्यान दिनुपर्ने विविध पक्षबारे चर्चा गरेका थिए ।

प्रदर्शनमा आउन लागेको बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको बक्सिङ गुरुको भूमिकामा अभिनय गरेर चर्चामा आएका थापाले अन्तर्राष्ट्रिय स्तरमा कलाकारले काम गर्दा अपनाउनुपर्ने सावधानीसँगै त्यसको चुनौति र अवसरका बारेमा पनि धारणा राखेका थिए । ‘नेपाली मोडलिङ क्षेत्रसँगै अभिनयलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन धैर्यताको आवश्यकता पर्छ,’उनले भने,‘धैर्यता नै सफलताको अचुक सूत्र हो, त्यसकारण हामीले आफ्नो क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन संघर्ष गर्नै पर्छ ।’

Model-of-the-year

कार्यक्रममा हाँस्यकलाकार विल्सन विक्रम राई र संगीतकार नरेशदेव पन्तले अभिनय र मोडलिङका विविध विषयमा चर्चा गरेका थिए । नेक्स्ट मोडलका प्रबन्ध निर्देशक सुवाससिंह ठकुरीले मोडलिङ पेशालाई व्यावसायिक, मर्यादित र व्यवस्थित बनाई विश्व बजारमा नेपाल र नेपालीको पहिचानलाई श्रीवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए । असोज ४ गते राजधानीमा हुने फाइनल प्रतियोगिताको विजेताले एक लाख रुपैंयाँसहित मोडल एम्बेसेडर, निजी व्यावसायिक वेभसाइट, ल्यापटप, मोबाइल फोनलगायतको पुरस्कार प्राप्त गर्नेछन् ।

कार्यक्रमको फोटोग्राफी राजभाइ सुवाल, कमल श्रेष्ठ, कविन्द्रमान शाक्य र क्याराम्रोडटकमले गर्नेछन् भने कोरियोग्राफी जयनसुब्बा मानन्धर र प्रशान्त ताम्राकारले गर्नेछन् । रोजिन शाक्य, सुवाससिंह ठकुरी, यतना पाण्डे र प्रमोद वंसलले कार्यक्रमको संयोजन गर्नेछन् ।

SUBSCRIBE 👉