ओस्कारमा पुग्यो झोला


Jhola-Movie
ग्ल्यामर नेपाल, काठमाडौं । व्यापारिकदेखि प्रतिक्रियाका हिसाबले पनि राम्रो बनेको फिल्म ‘झोला’ ओस्कार अवार्डको विदेशी भाषी सर्वोत्कृष्ठ चलचित्र विधामा प्रतिष्पर्धा गर्ने भएको छ । विदेशीभाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)ले यो फिल्मलाई ओस्कारका लागि छनौंट गरेपछि यो फिल्मले अन्य विदेशी फिल्मसँग प्रतिष्पर्धा गर्नेछ ।

द एकेडेमी अफ मोशन पिक्चर आर्टस एण्ड साइन्सेसले आगामी वर्षको फेब्रुअरी २२ तारिखमा अमेरिकाको लस एन्जल्समा आयोजना गर्न लागेको हुने ८७ औं एकेडेमी अवार्डमा अभिनेत्री गरिमा पन्तको सशक्त अभिनय रहेको फिल्मलाई पठाउने निर्णय भएको हो । यादव भट्टराई निर्देशित फिल्मले सतीप्रथाको कथालाई प्रस्तुत गरेको छ ।

SUBSCRIBE 👉