आमालाई सोधेर सेक्सी फिल्म बनाउँदै करण


Karan-Johar
पारिवारिक फिल्म बनाउनमा चर्चित बलिउड निर्माता तथा निर्देशक करण जोहारले यसपटक धर्मा प्रोडक्सनको परम्परालाई तोड्दै सेक्स कमेडी फिल्म बनाउने भएका छन् । समाचार अनुसार उनले यस किसिमको फिल्म बनाउन घरमा आमाबाट अनुमति लिने योजना बनाएका छन् ।

गिप्पी फिल्मबाट निर्देशकको रुपमा डेब्यु गरेका सोनम नायरले उक्त सेक्स कमेडी फिल्मको निर्देशन गर्नेछन् । ‘मैले करण जोहारलाई स्क्रिप्ट देखाएको थिएँ उनले स्क्रिप्टमा सहमति जनाए र काम अगाडि बढाउन निर्देशन दिइसकेका छन् ।’ सोनमले भनेका छन् । उनका अनुसार यो फिल्म ‘ग्राण्ड मस्ती’ वा ‘देल्ही बेल्ली’ जस्तो भने हुने छैन । करणले पनि फिल्म निर्माणको पुष्टि गरेका छन् । ‘मैले आमासँग फिल्मका बारेमा कुरा गरेर निर्माण अनुमति माग्ने तयारीमा छु ।’

SUBSCRIBE 👉