कलाकारलाई ग्रेडिङ गर्दै सरकार


Group-Photo
ग्ल्यामर नेपाल, काठमाडौं । सरकारले कलाकारलाई दुई तहमा ग्रेडिङ गर्दै सरकारी परिचयपत्रको व्यवस्था गर्ने भएको छ । हालै फिल्मकर्मीको एक टोलीले सूचना तथा सञ्चार मन्त्री र नेपाल सरकारका प्रवक्ता डा.मिनेन्द्र रिजालसँग भेट गरी कलाकारहरुलाई दुई तहमा ग्रेडिङ गर्ने विषयमा छलफल भएको हो । मन्त्री रिजालले पनि कलाकारलाई सरकारी परिचयपत्र दिने सम्बन्धमा सहमति जनाएका छन् ।

मन्त्री रिजाललाई भेट्न नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, अभिनेत्री करिश्मा मानन्धर, अभिनेता शिव श्रेष्ठ, निर्देशक आकाश अधिकारी, निर्माता सुनिलकुमार थापा, बाबुराम दाहाल र पत्रकार प्रकाश सुवेदी मन्त्रालय पुगेका थिए ।

अध्यक्ष राईका अनुसार सरकारी खर्चमा हरेक कलाकार एवं प्राविधिकहरुको जीवनीमा आधारित पुस्तक तयार गरिने र सोही बमोजिम अति बिशिष्ट र सामान्य गरी दुई प्रकारको परिचय–पत्रको ब्यवस्ता गरिने छ । यो व्यवस्थाका लागि सञ्चारमन्त्रालयका सह–सचिव कविराज खनालको संयोजकत्वमा एक कार्यदल गठन गरी एक हप्ता भित्रै काम सुरु गर्ने सहमति समेत भएको राईले बताए ।

SUBSCRIBE 👉