सेक्स इज नोथिङ – नायिका रिया श्रेष्ठ


riya-shresthaबाँकेकी रिया श्रेष्ठ विगत १५ वर्षदेखि काठमाडौंमा छिन्। कलेजको अध्ययनको क्रममा काठमाडौं आएकी उनी मोडलिङ र चलचित्र क्षेत्र दुवै विधामा यतिबेला सक्रिय छिन्। विशेष गरेर सिनेमाको पर्दामा नायिका भएर देखापर्ने उनको तीव्र इच्छा क्रमशः पूरा हुँदै छ। यसै क्रममा अभिमन्यू, राजु राजा राम र मालतीको भट्टी नामक सिनेमामा सानोतिनो भूमिकामा देखापरेकी रियालाई अब चाँडै नायिकाको रूपमा भने बोस, तृष्णा, त्रास र जञ्जिरमा देख्न पाइनेछ। प्रस्तुत छ , उनै रिया संग हाम्रा सहकर्मी राजन घिमिरेले गरेको कुराकानी:

# सिनेमाको हिरोइन बन्ने रहरचाहिँ किन आयो नि?
रहर मात्र होइन। यो क्षेत्रमा मनैदेखि लागेर केही गर्छु भन्ने इच्छा छ।

# धेरै प्रतिस्पर्धा छ नि त। जम्न सकिएला?
म प्रतिस्पर्धादेखि डराउँदिनँ प्रतिस्पर्धा भए पो खारिन्छ।

# अनि हिरोइन बन्न त निर्मातालाई खुसी पार्न सक्नुपर्छ भन्छन् नि?
अरूको बारेमा मलाई थाहा भएन। मैले अहिलेसम्म अभिनय गरेका फिल्ममा यस्तो अनुभव संगाल्नुपरेको छैन।

# साँच्चै हो कि ढाँटेको…?
किन ढाँट्नु। सम्झौता गरेर सिनेमाकी हिरोइन बन्नु छैन मलाई।

# आफू तरुनी भएको महसुस कुन उमेरमा भयो?
त्यस्तै २१ / २२ वर्षको उमेरमा।

# त्यो उमेरमा के हुँदोरहेछ नि?
कुनै राम्रो पुरुष देख्नासाथ मनमा बेग्लै तरङ्ग पैदा हुँदोरहेछ अनि उसैको बारेमा सोचिँदोरहेछ।

# कुनै पुरुषसँग प्रेम ?
पुरुषसँगको प्रेममाथि मलाई विश्वास लाग्दैन। किनकि मैले ठूलो चोट पाएकी छु।

# आँखा लगाउने पुरुषहरू कत्तिका छन्?
मलाई आँखा लगाउने पुरुषहरू धेरै छन्, तर मैले आँखा लगाउने पुरुष भने अहिलेसम्म भेट्टाएकी छैन।

# सेक्स के हो?
सेक्स इज नोथिङ। तर त्यसलाई कुन रूपमा प्रयोग गर्ने हो त्यसमा भर पर्छ।

# सेक्सको अनुभव?
जवाफ छैन यसको? यो नितान्त व्यक्तिगत कुरा हो।

SUBSCRIBE 👉