शिल्पा रिसाँउदा पुष्पलाई किन भयो तनाब ?


शिल्पा पोखरेलको चलचित्र ‘मंगलम’ मोफसल प्रचारमा निस्किएको छ। निर्माता छविराजसँगै निर्देशक नवल नेपाल, अभिनेत्री शिल्पा पोख्रेल, नायक पुष्प खड्का लगायतको यूनिटले पूर्वको धरानबाट प्रचारलाई तिब्रता दिएको हो। चलचित्र यूनिट धरानबाट इटहरी, दमक, बिर्तामोड, चितवन, हेटौँडा हुँदै पोखरा पुग्ने छ। नवल नेपाल निर्देशित चलचित्रले पारिवारिक प्रेम कथालाई बोल्नेछ।

चलचित्रको निर्मातामा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङ हुन्। ‘मंगलम’ मा विष्णु घिमिरेको छायांकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा छ। चलचित्रको ‘पर्ख पर्ख मायालु’ बोलको गीत हिट भई सकेको छ। चलचित्रमा शिल्पा, पुष्पसँगै नायक पृथ्वीराज प्रसाईँ, नीर शाह, मिथिला शर्मा मुख्य भूमिकामा छन् भने नायिका साम्राज्ञी केमियो भूमिकामा छिन्। यो चलचित्र फागुन २५ गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ।

SUBSCRIBE 👉