‘माया गर्नेहरु धेरै छन्’ – नायिका विनिता घिमिरे


binita-ghimireपछिल्लो समय आशालाग्दो नायिकाको रूपमा विनिता घिमिरे रजतपटमा उदाएकी छिन्। तीन वर्षअघि चलचित्र मन परे पछिमा सहनायिकाको रूपमा उनले अभिनय गरेकी थिइन्। त्यसपछि अध्ययनमा व्यस्त रहेकी विनिताले यो बीचमा करिब डेढ दर्जन म्युजिक भिडियोमा मोडलिङ गरिन्। यतिबेला यी नायिका चलचित्र राहदानीको छायांकनमा व्यस्त छिन्। डब्बु क्षत्री निर्देशित राहदानीमा मुख्य अभिनेत्रीको रूपमा उनले काम गरिरहेकी छिन् । यिनै नायिकासँग चलचित्र राहदानी र अन्य समसामयिक विषयमा गरिएको कुराकानी ः

चलचित्र राहदानीमा आबद्ध हुनु भएछ, त्यसमा कस्तो भूमिकामा हुनुहुन्छ ?
हो, चलचित्र राहदानीको काममा अहिले व्यस्त छु । सो चलचित्रको छायांकन अहिले अन्तिम चरणमा पुगेको छ । राहदानीमा म एक जिम्मेवारी युवतीको भूमिकामा छु । सो चलचित्रमा गाउादेखि सहरसम्म मैले कसैको लागि संघर्ष गरेकी छु । आफ्नो प्रेमीलाई सफल बनाउन चलचित्रभरि मैले संघर्ष गरेको छु । तर सबै सपना साकार नहुादा रहेछन् । सोही कारण हजार सपना बुनेर पनि ती सपना तोडिएकी एक अभागी प्रेमिकाको भूमिकामा म छु।

चलचित्रको काम कस्तो भइरहेको छ ?
सोचेभन्दा निकै राम्रो भइरहेको छ । हाम्रो युनिटमा सबै राम्रा छन्। सबैले दिनरात नभनी लगनशीलताका साथ काम गरिरहेका छन् । हामीले सोचेभन्दा राम्रो परिणाम आउने पक्का छ। सोही कारण पनि काम राम्रो भइरहेको छ।

नयाँ निर्देशक डब्बु क्षत्री संग काम गरिरहनु भएको छ। नयाँ संग काम गर्दा कत्तिको गाह्रो हुादो रहेछ?
लामो समयदेखि उँहा मिडियामा आबद्ध हुनुहुन्छ। मिडिया सँग अनुभवी व्यक्ति सँग काम गर्न पाउादा गाह्रो भएको छैन। त्यसमा पनि उँहा सिनेमानिर्देशनमा ग्र्याजुएट गरिसक्नु भएकाले पनि धेरै कुरा छायांकनको क्रममा सिक्ने अवसर पाएकी छु। हाम्रो पहिलो सिनेमा भएर पनि उँहाको काम गराइको हिसाबले एउटा अनुभवी निर्देशकसाग काम गरेको महसुस भइरहेको छ।

चलचित्र राहदानीबाट आफ्नो करिअर माथि उठ्ने कुरामा कत्तिको आशावादी हुनुहुन्छ ?
वास्तवका पछिल्लो समय नेपाली चलचित्र असफल भइरहेको छ। तथापि राहदानी सफल सिनेमा हुनेमा म विश्वस्त छु। किनकि यो सबै नेपालीको कथा हो। यो सामाजिक सिनेमा हो। यो सिनेमा हेरेपछि दर्शकमाझ म परिचित हुनेछु। यो सिनेमाको कथा मेरो चरित्र वरिपरि घुमेको छ। मेरो चरित्रलाई दर्शकले भोलि बिचरा भनेर माया गर्नेछन्। नेपाली चलचित्र उद्योगमा राहदानीबाट मेरो अभिनयको नयाँ यात्रा सुरु हुनेमा म विश्वस्त छु।

प्रसंग बदलौं । नेपाली चलचित्रमा थुप्रै नयाँ नायिका आएका छन्। जसका कारण आपसमा प्रतिस्पर्धा त बढेको होला नि ?
पक्कै पनि छ। प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने हो । तर यहाँ अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ। केही नायिकाहरू यहाँ अत्यन्त राम्रा छन्। जो कामलाई पूजा गर्छन् । यसलाई पेसागत रूपमा अगाडि बढाउनेमा उनीहरूको ठूलो हात छ । त्यस्ता अग्रज नायिकाहरूको काम देखेर प्रतिस्पर्धाभन्दा पनि प्रेरणा मिल्ने गरेको छ । प्रतिस्पर्धाको प्रसंगमा मैले आफैंसाग प्रतिस्पर्धा गर्नु पर्छ । किनकि हरेक पटक राम्रो सिनेमा दिनु नै मेरो लागि प्रतिस्पर्धा हो।

नायिका भएपछि त मायाप्रेम गर्नेहरू पनि बढे होलान् नि ?
कति छन् कति। कसैले माया गर्नु उनीहरूको अधिकार हो । तर मायाको परिभाषालाई एउटा मात्र अर्थ नलिई सकारात्मक रूपमा पनि हेर्ने गरेकी छु।

यसरी माया गर्नेहरू कस्ता कस्ता व्यक्ति छन् । उनीहरूले प्रेम प्रस्ताव पनि त राख्छन् होला नि ?
माया गर्छु भनेर पछि लाग्ने पनि छन्। शुभचिन्तक पनि छन्। तर म उनीहरूको पछि लाग्दिना। उनीहरूको मायालाई इज्जत गर्छु। मायाको आडमा गलत नियत देखाउनेलाई म वास्ता नै गर्दिना।

तपाईंले कसैले माया गर्नुभएको छ कि छैन त ? अर्थात् तपाईंको ब्वाई फ्रेन्ड छ कि छैन भन्न खोजिएको हो ?
उमेर पुगेकी हरेक युवतीको प्रेमी हुन्छ। मेरो पनि ब्वाई फ्रेन्ड छ । भोलिका दिनमा तपाईंहरूमाझ त्यो कुरा मैले भन्नै पर्ने हुन्छ। समय नआएसम्म मेरो निजी प्रेमसम्बन्धलाई मिडियामा ल्याउन चाहन्न।

अन्त्यमा अरू केही भन्नु छ ?
चलचित्र यात्रामा मलाई साथ दिनुस् भनेर पाठक वर्गलाई भन्न चाहन्छु। तपाईंहरूको साथ र प्रेरणाले चलचित्र क्षेत्रमा अघि बढ्न मलाई प्रोत्साहन मिल्नेछ।

SUBSCRIBE 👉