लुक्स राम्रो भएका केटा मन पर्छ – गायिका प्रविशा अधिकारी


Prabisha-adhikari-singerपाश्र्व गायनमा गायिका प्रविशा अधिकारी चिनाइरहनु पर्ने नाम होइन। पाँच वर्ष अगाडि ‘बिदाई’ चलचित्रको गीतबाट पाश्र्व गायनमा प्रवेस गरेकी प्रविशा चलचित्र ‘कसलाई दिउ यो जोवन’को ‘तिमी जहाँ छौ’ बोलको गीत गाएर बढी चर्चामा आएकी थिइन्। उनको यो चर्चालाई पछिल्ला चलचित्र ‘मायाको बारीमा’, ‘आइ एम सरी’, ‘मालतीको भट्टी’लगायतले कायमै राखेको छ। पाश्र्व गायनमा मात्र दुई शयभन्दा बढी गीत गाइसकेकी प्रविशा बल्ल आफ्नो पहिलो एल्बमको तयारीमा लागेकी छन्। प्रस्तुत छ, यिनै गायिकासँग गरिएको कफी गफको केहीअंश:

यति धेरै गीत गाएपछि बल्ल आफ्नो एल्बम निकाल्दै हुनुहुन्छ नी ?
चलचित्रका गीत, कन्सर्ट र अध्ययनका कारणले आफ्नो एल्बम को तयारीमा लाग्ने फुर्सदै मिलेन। अहिले फुर्सद निकालेर एल्बमको तयारीमा लागेकी छु। फेरि गायनमा लाग्नेको एउटा वास्तविक परिचय भने उसको एल्बमले मात्र बनाउँछ।

पछिल्लो समय तपाईंको गायन सुस्ताएको महसुस भएको छ नी ?
अध्ययनका कारणले सुरुआतको समय भन्दा केही कम भएको हो तर म यस क्षेत्रबाट हराएको होइन। आफ्नै एल्बम ल्याउन अरूको गीत गाउन कम गरेको छु।

गायन रहर हो कि पेसा ?
सुरुका समय रहरले नै गायनमा प्रवेश गरेको हो। अहिले यो नसा भएको छ। यतिखेर भन्ने हो भने यो पेशा नै हो।

गायनमा लागेर सन्तुस्ट हुन सकिन्छ त ?
अघिल्लो पुस्ताको हकमा यो अवस्था सिर्जना भएको थिएन। अहिले यसमा नाम र दाम दुवै छ।

गायनको अलवा अभिनयमा सोख छ कि छैन ?
अभिनयमा रहर त छ। अरूको भन्दा पनि आफ्नै एल्बम्का गीतको म्युजिक भिडियोमा खेल्छु।

गायिकाहरू पछिल्लो समय ग्ल्यामरस हुँदै गएका छन्, के बिक्छ, ग्ल्यामर कि स्वर ?
गायनमा लाग्नेको बिकाउ भनेको स्वर नै हो। अचेल गायनमा लाग्नेको धेरै समय स्टेजकार्यक्रममा बित्ने भएकोले स्वरका साथै ग्ल्यामरमा पनि आवश्यक पर्छ।

बिहे गर्ने सोच छ कि छैन ?
बिहे गर्ने उमेर भर्खर भएको छ। सोच छ तर अहिले होइन एक दुई वर्ष पछि मात्र गर्छु।

ड्रीमब्वाईको चाहाना कस्तो छ ?
ह्यान्डसम र पर्सनालिटी पहिलो योग्यता हो। यसको अलवा माया गर्न जान्ने र मलाई बुझ्ने पनि हुनुपर्छ। लुक्स राम्रो भएका केटा सारै मन पर्छ मलाई।

राम्री हुनुहुन्छ चलचित्रको गीत गाउँदा अभिनयको अफर आएन ?
प्रस्ताव धेरै आए चार – पाँच वटा चलचित्रको त स्कृप्ट नै हेरेको छु । अभिनय गर्नु भनेको चाने चुने कुरा होइन। त्यसैले तत्काल प्रवेश गर्न चाहान्न।

चलचित्रका कुन नायक मन पर्छ ?
त्यस्तो कुनै छैन। कर्मा राम्रो लाग्छ र अभिनय पनि मनपर्छ।

प्रेम बसेको छ कि छैन ?
अहिलेका केटाकेटीको जस्तो प्रेम त बसेको छैन। तर, प्लस टु अध्ययनको समयमा एक युवकसँग आकार्षित भएको थिएँ। उसले पनि मलाई मन पराउँथ्यो। प्लस टु पछि त्यो त्यसै हरायो।

फेसन फेर्न कति मनपर्छ ?
मलाई नर्मल पहिरन नै मनपर्छ। ग्ल्यामरमा मेरो जोड छैन। साधारण नै भएर हिँड्न मनपर्छ।

कस्तो गीत गाउने रहर छ ?
मैले मेलोडी गीत धेरै नै गाइसकेको छु। यसैले फ्युजन गीत गाउने रहर छ।

SUBSCRIBE 👉