हामी प्रेमी प्रेमीका भन्दा पनि अन्य हिसावमा नजिक छौ – नायिका स्वेता खड्का


सानो छादा चलचित्र हेर्ने भएपनि उनले कहिल्यै पनि सोचीनन भविष्यमा नायीका वन्छु भनेर नायिका स्वेता खड्काले। ‘म यो क्षेत्रमा रहरले आएकी थिईन, कहरले आएकी हुा ।’ उनले भनिन्, श्रीकृष्ण श्रेष्ठको नजिकको साथी विजय नकर्मीदाईले फिल्ममा जसरी भएपनि खेल्नुपर्छ भन्दै धेरै दिन मलाई भन्नुभयो, मेरो घर सम्म पुगेर कन्भीन्स गर्नु भयो त्यस पछि हुन्छ भने। २०६६ सालको सुपरहिट चलचित्र ‘कहाँ भेटीएला’ वाट फिल्मी करिअर सुरु गरेकी नायीका स्वेता खड्काको हातमा अहिले धेरै चलचित्र छन् । तर एकवर्षमा २ वटा भन्दा धेरै चलचित्रमा अभिनय नगर्ने वताउने उनै नायीका संग रगंपत्रकार रामजी ज्ञवालीले गरेको कफी गफ:
sweta-khadkaकसरी वित्दैछन दिनहरु ?
– मेरो आफ्नै ईन्जीनियरीङ कम्पनी छ काठमाण्डौमै, अधिकासं समय त त्यतै तिर नै जान्छ । त्यस वाहेक मैले श्री कृष्ण संग मिलेर संयुक्त रुपमा होटेल पनि खोलेका छौ । गत मसिंर एक गते देखी नै हो हामीले होटेल सचांलनमा ल्याएको छौ। ति दुवै विजनेश मै दिन वित्छ । लगभग एकवर्ष भयो चलचित्रमा समय दिएकी छैन ।

नायीका वन्ने सोच चाही कहिले पलायो तपाईको ?
– नायीका वन्ने सोच मेरो थिएन । म अरुको करै करले यो क्षेत्रमा छिरेकी हुा । करै करमा छिरेको चलचित्र कहाँ भेटिएला हिट भएपछि चाही मेरो सोचमा केही फरक आयो । चलचित्रमा खेल्छु तर एक वर्षमा एक वा दुईवटा सम्म । मैले उक्त चलचित्रमा गरेको अभिनय दर्शकहरुले धेरै मन पराउनुभयो । सोही अभिनयको कारण अहिलेपनि चलचित्रमा अफर आईरहन्छन ।

रुची नभएको क्षेत्रमा सक्नुभयो काम गर्न ?
– हो, फिल्मी क्षेत्रमा मैले सानैदेखी रुची नराखेको विषय हो । मेरो अध्यन जारी थियो, त्यसैवेला मैले डान्स क्लास लिनुपर्ने भएकाले विजय नकर्मी दाइ संग भेट भयो । उहा कै आग्रहमानै मलाई श्री दाई संग भेट गराउनु भयो । हरेक कुराको जिज्ञासा हुन्छ नी । के हुन्छ, कसरी हुन्छ, कस्तो होला लगाएत जव मैले सुरुमा खेलेको चलचित्र कहाँ भेटीएलाले सफलता प्राप्त गरेपछि चाही ठुलो पर्दाको कामलाई पनि निरन्तर दिने सोच वनाएकी हुँ।

तपाईको भविष्यको लक्ष्य के हो ?
– मैले विजनेश पनि छाड्दीन, फिल्म क्षेत्रलाई पनि समय दिने हो । मेरो कम्पनी र होटेल भएकाले एक वर्षमा एक दुईवटा चलचित्रमा मात्रै अभिनय गर्ने भनेकी छु । आगामी दिनमा मैले कुनै पनि चलचित्रको स्किृप्ट हेरेर मात्रै अभिनय गर्छु । मलाई पैसा भन्दा पनि स्किृप्ट राम्रो भयो भने मात्रै साईन गर्छु नत्र खेल्दीन । पैसा धेरै पाईयो भन्दैमा जस्ता पायो त्यस्तै चलचित्रमा काम गर्दीन ।

श्रीकृष्ण संगको सम्वन्ध कस्तो छ ?
– धेरै राम्रो छ । उहा मेरो विजनेश पार्टनर हो । त्यो नाताले पनि हाम्रो सम्वन्धमा त्यस्तो फाटो आएको छैन । फिल्मी क्षेत्रमा मेरो उहा सवैभन्दा नजिकको मान्छे हो । मैले उहा संग हरेक दुःख र सुःख साट्ने गर्छु । वाहीर उहा र मेरो सम्वन्धलाई प्रेमी प्रेमीकाको उपमा दिएपनि हाम्रो त्यस्तो सम्वन्ध चाही छैन । त्यस्तो मानसिकता पनि आउ दैन हरेक समय अन्य कुरामै विजी भईन्छ ।

श्रीकृष्ण संग तपाईलाई प्रेमीकाको रुपमा किन जोडीयो त ?
– मेरो फस्ट मुभीमा हाम्रो जोडीलाई मन पराईदिएको कारण यस्तो हल्ला वाहीर आएका हुन । यि सवै कुरा फिल्मले ल्याएको हो । जुन तपाईले भने जस्तो सम्वन्ध हाम्रो छैन । हामी प्रेमी प्रेमीका भन्दा पनि अन्य हिसावमा नजिक छौ, त्यती मात्रै हो । वाहीर त जस्ता पनि हल्ला आउछन ।

त्यसो भए तपाईको प्रेमी त होलानी ?
– नो, मलाई माया गर्ने जति पनि हुनु हुन्छ । तर प्रेमी चाही छैन । मैले तपाईलाई पहिले पनि भनेनी मेरो त्यतातिर त्यती ध्याननै जादैन भन्या । वेला आएपछि एउटा प्रेमी त वनाउनु नै पर्ला नी हाहाहा…।

प्रेम प्रस्ताव कत्तिको आउछन ?
– प्रेम पस्ताव त कत्ति हो कत्ति । कति जनाले मलाई प्रेम प्रस्ताव पठाउनुभयो त्यो त गन्नैपर्छ । लेटर देखी, फोन, फेसवुक अनलाईनमा प्रेम प्रस्ताब त धेरै नै आए । प्रस्ताब आउने क्रम चाही जारी नै हुन्छ । मैले खोजेको जस्तो प्रेमी त जतावाट आएका प्रपोजमा पनि भेट्टाएकी छैन ।

विहे चाही कहिले गर्नेहो ?
– जिवनमा विहे त एक पटक गर्नु नै पर्ने हो । तर कहिले गर्ने भनेर सोचेकी छैन । विहेको प्लान वनाएकै छैन, त्यो सोच्ने वेला पनि आउला, रोजेको जस्तो मान्छे भेट्टीएला अनि स्वभाविकै विहे गर्ने हो ।

तपाईले खोजेको केटा चाही कस्तो हो भन्या ?
– गुड प्रश्नालिटी, वोलीचाली राम्रो, मनको कुरा वुझ्ने खालको हुनुपर्छ र ईमान्दार । यि कुराहरु नभएको पुरुष संग चाही विहे गर्दीन ।

सधै सपनामा आउने कुनै मान्छेको नाम वताउनुसन ?
– कसैलाई एकदमै माया गर्ने भए, जत्तिवेला पनि देखौ देखौ हुने भए पो त्यो मान्छेलाई सपनामा देखीन्छ । सपनामा फर्कि फर्कि आउने मान्छे त अहिलेसम्म देखेकी छैन ।

तपाईको सवैभन्दा खुसी भएको क्षण ?
– मैले सघंर्ष गरेकी छु लाईफमा तर दुःख चाही पाईन, हरेक समयनै म खुसीमा विताउन चाहान्छु तर पनि जुन वेला मैले नसोचेर फिल्ममा प्रवेश गरे सोही फिल्मले नसोचेको सफलता पायो त्यो नै मेरो खुसीको क्षण हो । नया अनुहार भएकोले पनि मलाई निकै डर लागीरहेको थियो, फिल्म राम्रो चल्यो, फस्ट मुभी कहाँ भेटीएला त मेरो लागी एसएलसिको आईरन गेट जस्तै नै भयो ।

सेक्सको परिभाषा कसरी दिनुहुन्छ ?
– हाहाहा…’ईट ईज पार्ट अफ लाईफ ।’ जव विहे हुन्छ त्यसपछि जिवनलाई खुसी राख्नको लागी नभई नहुने चिज हो । विहे पछि नभई नहुने कुरा हो पनि भन्छु । दुईजनाको सम्वन्धलाई प्रगाढ वनाउनको लागी यसको भुमीको महत्वपुर्ण रहन्छ ।

व्लु फिल्म हेर्नुभएको छ ?
– नाई हेरेकी छैन, सुनेकी छु । मलाई त्यस्तो हेर्न चाही मन पर्दैन ।

यदि तपाईलाई व्लु फिल्म खेल्न अफर आयो भने के गर्नुहुन्छ ?
– नाई त्यस्तो अफर चाही कसैले दिदैन होला । भगवानसाग प्राथना गर्छु त्यस्तो नहोस कहिले पनि । म ईज्यतदारकी छोरी हुा, आयो भने के गर्छु भन्ने अहिले सम्म पनि सोचेकी छैन ।

अन्त्यमा के भन्नुहुन्छ ?
– मलाई मन पराईदिनुहुने सवैलाई मेरो अर्को नया चलचित्र आउदैछ, नाम के हो नभनौ, कहाँ भेटीएलालाई जस्तै माया गरि दिनु होला । फिल्म नखेलेको एक वर्ष जत्तिनै भयो, फेरी आउदैछु है भन्छु ।

SUBSCRIBE 👉