गोपीनी त ३२ सय नै पुगे तर राधा चाहि भेट्या छैन – नायक श्री कृष्ण श्रेष्ठ


shri-krishna-shresthaनेपाली सिनेमा क्षेत्रमा २५ बर्ष बिताई सक्नु भएका नायक श्री कृष्ण श्रेष्ठले सय भन्दा बढी नेपाली सिनेमा मा अभिनय गरिसक्नु भएको छ , नायक श्रेष्ठ नेपाल प्रज्ञाप्रतिष्ठानका जागिरे पनि हुनु हुन्छ । केहि दिन अघि ग्लायामर नेपाल का लागि योजना पुरीले नायक श्रेष्ठ संग गरेको कफी गफ:

आजभोली के गदै हुनुहुँन्छ ?
तपाईहरुको मायाँ, आर्शिबाद , भगबानको कृपाले सिनेमा गरिरहेको छु त्यसको अलावा थ्री स्टार होटल संचालन गर्दै छु ।

होटल संचाल गर्ने सोच कसरी आयो ?
यो कन्सेप्ट स्वेता जीको हो साथै अन्य धेरै साथीहरुको सहयोग ।

तपाई र स्वेता बिचको नाम काँहा भेटीएला बाट जोडिदै आएको छ सम्बन्ध के हो खासमा ?
कोही केटा र केटीको सम्बन्धलाइ नेगेटिभ सोच्नु हुदैन हामी अहिले साथी हौ भोली थाहाँ छैन, सगै काम गरिहेका छै बिजनेसमा आउन नचाहने मलाई ल्याउनु भयो मैले फिल्म ल्याए ।

मिडियाले त स्वेतालाई तपाइको प्रेमिका नै हो भन्छ नि त ?
बोल्ने अधिकार छ बोल्न पाउँछ ।

नभएको कुरा बोल्न लेख्न पाइन्छ त ?
पाईदैन, काँगले कान लग्यो भन्दैमा म कागको पछि लाग्दिन ।

भने पछि मिडियाले गरेको हल्ला मात्र हो स्वेता जी सँगको सम्बन्ध ?
सत्य कुरा भोली थाहा हुन्छ आज हामी सँगै काम गरिरहेका छौ ।

तपाई बच्चा बेला कस्तो हुनुहुन्थ्यो ?
म श्रीकृष्ण जस्तै चकचके थे रे अनि मायालु पनि हा हा……..

टीनएजमा नी ?
म सबैको प्रिय थे श्रीकृष्ण नै थे ।

गोपीनी कति थे नी ?
गोपीनी त ३२ सय नै पुगे तर राधा चाहि भेट्या छैन पहिले भेट्या थे स्कुलमा पढ्दा पछि त्यस्तै भयो ।

अब कहिले हामीले गोपीनी देख्न पाउने ?
भनेर हुने कुरा होइन आसा गरौँ चाडै भेटिने छ ।

मनले चाँहाना राख्यो भने पुरा हुन्छ भन्छन नी ?
मनले चाहेर अरु कुरा प्राप्त हुँन्छ होला तर जन्म, मृत्यु र बिबाह हुदैन मेरो अनुभवमा ।

फिल्मी क्षेत्र कता गईरहेको छ ?
म पनि छक्क परिहेको छु परिवर्तन भन्या छ, भलगर कुरा बाहिर आएको छ, यसमा सम्बधित पक्ष्यले बिचार गर्नु अति आवायक छ ।

युवापुस्ताले गर्ने प्रेमलाई के भन्नु पर्छ ?
खुल्लमखुल्ला भएको राम्रो हो तर बिर्सनु हुँन्न म के हो, कुन देशको बिर्सनु हुन्न ।

तपाइको नजरमा आकार्षक लाग्ने तीन महिला ?
अनुराधा कोइराला, राशी क्षेत्री र सोनी रौनीयार ।

सेक्सका बिषयमा मानिसहरु धेरै अगाडी आएका छन सुन्दर युबतीले सेक्सको पस्ताव राखेमा ?
यति धेरै खुलेका छैनन नेपाली केटीहरु मलाइ यस्तो लाग्छ ।

SUBSCRIBE 👉