मैले आजसम्म चुम्वन नै गरेको छैन : नायिका अनु शाह


anu-shahनेपाली चलचित्र क्षेत्रमा सोझी र सुन्दर नायिकाको रुपमा चिनिन्छिन्, अनु साह । चलचित्र द युगदेखी युगसम्मवाट नेपाली रजपटमा आएकी यि नायीकाले आजसम्मद र्जन सिनेमामा अभिनय गरीसकेकी छिन् । रोजेर थोरै सिनेमा खेल्ने नायिक अनु मोडलिङ तथा म्युजिक भिडियोमा पनि मझैले जमेकी छिन् । उनै, नायिका अनु साहसँग विजय आवाजले गरेको कुराकानी ।

विहे कहिले गर्ने उमेर भएन ?
भर्खर त म २२ वर्षको भए , यसैले विहेको वारेमा सोचेको छैन ।

प्रेममा पर्नेहरुले यस्तै भन्छन् नी ?
आजसम्म मैले कोहीसँग पनि प्रेमसम्वन्ध राखेको छैन । प्रेममा मलाई विश्वास लाग्दैन । ९९ प्रतिशत केटाहरु धोकेवाज हुन्छन् ।

कस्तो युवकको खोजीमा हुनुहुन्छ ?
मेरो कामलाई वुझ्ने र माया गरोस् ।

आफ्नो अंगमा सवैभन्दा सेक्सी कुन लाग्छ ?
मलाई ओठ राम्रो छ जस्तो लाग्छ । लिविष्टिक लगाउँदा मलाई राम्रो लाग्छ ओठ ।

कहिलेकाही आफ्नो नाङ्गो शरीर ऐनामा हेर्दा कस्तो लाग्छ ?
मैले त्यसरी आफ्नो अंग हेरेको छैन । म ड्रेस लगाएर हेर्छु, अनि मेकअप गरीसकेपछि मात्र हेर्छु ।

सिनेमा खेलाइदिन्छु भन्दै सेक्स प्रस्ताव कत्तिको आयो ?
मलाई यस्तो प्रस्ताव आएन, यो आफैमा भरपर्ने कुरा हो ।

पहिलो चुम्वन याद छ ?
मैले आजसम्म चुम्वन नै गरेको छैन । सत्ते गरेको छैन ।

पहिलो पटक व्लु फिल्म हेर्दा कस्तो अनुभव भएको थियो ?
मैले सुनेको त छु, तर आजसम्म हेरेको नै छैन । नहेरेपछि अनुभवको त कुरा नै भएन ।

तपाईलाइ नेपाली सिनेमाको आकर्षक लाग्ने नायक को हो ?
आर्यन सिग्देल मनपर्छ । उहा मलाई ह्यान्डसम र हरेक कुरामा प्रफेक्ट लाग्छ ।

कुन सेलीव्रेटीसग डेट जान मन लागेको छ ?
आर्यन सिग्देलसग, तर डेट मात्र हो । अन्य कुरा होईन नी । डेट जाँदा म उसको फ्यान भएर जान्छु ।

सवैले प्राकृतिक रुपमा लिएको सेक्सको वारेमा ज्ञान र अनुभव छ ?
अनुभव भने मैले गरेको छैन । तर, सेक्स श्रृष्टि चलाउने माध्यम हो ।

अभिनयमा आफ्नो खुवी के छ जस्तो लाग्छ ?
मलाई साधारण केटी, गाउँकी चञ्चले युवती को भूमिका गर्न एकदमै मनपर्छ ।

तपाई भन्दा पछि आएकाले तपाईको भन्दा वढि चर्चा पाए जस्तो लागेको छैन ?
उनीहरुको जस्तो मेरो चर्चा नभएको होला तर म जहा पुग्नु पर्ने थियो म त्यहा पुगेको छु ।

अव कस्तो सिनेमा गर्न मन लागेको छ त ?
मलाई नायिकामा पावर भएको सिनेमा गर्न मन छ । आइमानईमा पुरुषभन्दा कम छैनन्, भन्ने खालको भुमिका गर्न मन लागेको छ ।

तपाई आफ्नो पेशावाट सन्तुष्ट हुनुहुन्छ ?
दाम भनेको यस्तै हो, म नाम कमाउन यहा आएको हुँ ।

तपाई म्युजिक भिडियो धेरै खेल्ने भएकाले पनि सिनेमामा जम्नु भएन भन्ने आरोप छ नि ?
मलाई त्यस्तो लाग्दैन । तर, अहिले मैले भिडियो खेल्न कम गरिसकेकी छु ।

सिनेमामा कति सम्मको दृश्य दिनुहुन्छ ?
त्यो त कथा हेरेर दिने कुरा हो । तर, म टु पिस भने लाउँदिन ।

तर, तपाईलाई यस्तै सिनेमाको मात्र प्रस्ताव आईरहेका छन् ?
प्रस्ताव आउनु त खासै ठुलो कुरा होईन । तर, गर्ने र नगर्ने भन्ने निर्णय मेरो हो ।

भुतमा विश्वास लाग्छ ?
मलाई भुत संझदा नै डर लाग्छ । भुतको डरले मेरो कोठाको पुजा पनि गरेको छु ।

तपाईलाई दिपेन्द्र के खनालको प्रेमिका पनि भनिन्छ नि ?
उहाँले मलाई सिनेमामा व्रेक दिनुभयो, निरन्तर २ सिनेमामा लिनुभयो यसैले यस्तो हल्ला मात्र भएको हो । तर, हाम्रो कुनै पनि सम्वन्ध छैन ।

SUBSCRIBE 👉