म एकदमै एडभेन्चरस नेचरको छु – गायिका इन्दिरा जोशी


indira-joshiइन्दिरा जोशी नेपाली सांगीतिक क्षेत्रमा निकै लोकप्रिय नाम हो । नेपाली तारामा सहभागी भई टप फाइफमा पुग्नु हुने प्रथम महिलाबाट सुरु भएको उनको गायन यात्रा आजसम्म आइपुग्दा सफलताको अर्को उचाईमा पुगेको छ । पछिल्लो समयमा चलचित्र “लुट” को “उद्रेको चोली” नामक गीत बाट चर्चाको शिखरमा पुग्नुभएको इन्दिरा जोशीसंग कुराकानी:

अहिले के मा व्यस्त हुनुहुन्छ ?
अहिले म प्रोग्रमहरुमा नै व्यस्त छु ।

महिनामा कतिवटा जस्तो गीतहरु गाउनु हुन्छ ?
यो चै अहिले “Travelling” सिजन भएर प्रोग्रामहरुमा नै व्यस्त हुन्छु । लोडसेसडङले गर्दा पनि रेर्कड भएको छैन् । नत्र १ वा २ वटा गीतहरु गर्छु । कहिले काहीँ दिनमा ४ वटासम्म गर्छु । फिक्स चाँही छैन् । बत्ती जहिले हुन्छ तहिले ।

केहि समय अगाडि बजारमा आएको “उद्रेको चोली” कस्तो प्रकारको गीत हो ?
यो एउटा आइटम नम्बर हो । अलि हट पनि छ । पहिले त हासोँ पनि लागेके थियो । तर, गीत हिट भयो । खुशी लागेको छ।

तपाई यति राम्री हुनुहुन्छ, नायिका हुनुपर्ने, कसरी गायीका हुनुभयो ?
हैन । मलाई पहिले सानैदेखि नै सिङगिङमा नै इन्टरेष्ट थियो त्यहि भएर । “नट थट फर एक्टिङ” ।

तपाईंलाई फिल्मको अफर चाँही कतिको आएको छ ?
आउछन् । करिब १३/१४ वटा फिल्मको लागि अफर आइसक्यो तर म नगर्ने । “That is not my way” बरु आफ्नै गीतको म्युजिक भिडियोमा चै काम गर्छु । अलि कति गीतको फिल दिन सक्छु जस्तो लाग्छ ।

पछि फिल्म खेल्ने योजना छ की छैन् ?
अह कुनै पनि योजना छैन् ।

पोखरामा प्यारागाइडिङ नि गर्नुभयो रे तपाईंलाई डर लाग्दैन ?
अह डर लाग्दैन् । म एकदमै एडभेन्चरस नेचरको छु । पहिलेदेखि नै हाईकिङ, हिल क्लैएम्बिङ पनि गर्थे । बन्जी चै अहिलेसम्म गर्न पाएको छैन् । अलि रिग्रेट पनि छ तर पछि जसरी भएपनि बन्जी जम्प भने गर्छु ।

आफनो बारेमा अरुलाई थाहा नभएको कुरा के हो नि ?
त्यहि हो । म अलि एडभेन्चरस छु । म्युजिकमा पनि मेटल र रक नम्बरहरु पनि सुन्छु । मनपर्छ । र ट्राभलिङ एकदमै मनपर्छ ।

देश-विदेश कन्सर्टहरुमा चै कतिको व्यस्त हुनुहुन्छ ?
अ….. अलि व्यस्तै छु । कन्सर्टहरु भै राख्छन् । नेपालमै पूर्व मेचि देखि महाकालीसम्म लगभग सबै जिल्लाहरु गईसके । अलि विगत क्षेत्रहरु जस्तै डोटि, धनगढीमा पनि गएको छु । नेपाल बाहिर भने ८, ९ वटा देशहरु गईसके ।

नेपाली तारादेखि सुरु भएको तपाईर्को यात्रा अहिले र्फकेर हेर्दा कस्तो लाग्छ ?
अलि संघर्ष नै थियो । नेपाली तारामा मैले धेरै कुराहरु सिक्न पाए । त्यतिबेला म भर्खरै काठमाण्डौ आएका थिए र ईन्सटिट्युटमा पनि सिंगिङ सिक्दै थिए त्यतिकै मा र्फम खुलेर मैले इन्ट्री गरे । मैलै गाएका कति गीतहरु मार्केटमा आउन सकेन । त्यहिँ हो अलि संघर्ष थियो ।

तपाईं यति राम्री हुनुहुन्छ, प्रेम प्रस्ताव चाँही कति आउछन् नि ?
आउँछन् । मन पराउने ठिकै हो । अलि म्याचुअर भएकोले धेरैजसो विवाहको प्रस्तावहरु आउँछन् । तर, पुरै करियरमै फोकस छु फेरी कुनै पनि रिलेसनमा नभएकोले त्यसबारेमा केहि सोच छैन् ।

तपाईंको भावि योजना के हो ?
योजना त त्यहि हो । यहि क्षेत्रमा लाग्ने अझै राम्रा-राम्रा गीतहरु गाउने । एल्बम निकाल्ने ।

भावि योजनाको लिष्टमा विवाह भने कति नम्बरमा छ नि ?
घरमा लेट म्यारिज सिस्टम छ । २, ३ वर्ष त अझै बिहे गर्दिन । तर, फिक्स छैन् । अहिले चाँही पुरा आफ्नो सिंगिङमै फोकस्ड् छु । फेरी केटी मान्छे , मिडियामा छु , धेरै ठूलो निर्णय हो जस्तो लाग्छ ।

अन्त्यमा आफ्नो फ्यानहरुलाई केहि भन्न चाहनुहुन्छ ?
म अहिले नयाँ भिडियो गर्दै छु । नयाँ प्रोजेक्टहरु पनि छन् । नेपाली संगीतलाई माया गरिदिनु । अनि “Keep yours eyes on me”
Source: Alyeesa Sunuwar / Fursad

SUBSCRIBE 👉