मनिषालाई नेपाली सुन्दरीहरुको साथ । भारतीय मिडियामा रोईलो

नेपालले हालै जारी गरेको राजनीतिक नक्साबारे अभिनेत्री मनिषा कोइरालाले प्रतिक्रिया दिँदा भारतीय मिडियामा सुनामी नै आएको छ।


पररास्ट्र मन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णयउपर लेखेको ट्वीटर मेन्सन गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद। तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं।’ मनिषाको यो ट्वीट लगत्तै भारतका केही सत्तापक्षधर मिडियाको रुपमा चिनिएका मिडियाले मनिषाको व्यक्तिगत टिप्पणीमै उत्रिए। उनको ट्विटलाई लिएर विभिन्न खाले भ्रामक खबर फैलाउन थालेका छन्।

मनिषा माथि भारतीय मिडियाको बढ्दो हस्तक्षेपलाई देखेर नेपाल सुन्दरीहरु उनको समर्थनमा अगाडी आएका छन्। माजिक सञ्जाल मार्फत आइएम विथ मनिषा कोइराला (#IamwithManishaKoirala) ह्यासट्याग सहित आफ्नो भावना सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।

२०१८ कि मिस नेपाल शृंखला खतिवडाले दर्शकको मायाले मनिषा अगाडी बढेको तर्क गर्दै उनले भारतीय मिडियालाई हुर्कन र केटाकेटी जस्तो कुरा नगर्न भनेकी छिन्। उनले भारतीय मिडियाको कुरामा कुनै सत्यता नरहेको भन्दै मनिषाले पाएको सफलता मेहनतको उपज रहेकोमा जोड दिएकी छिन्।

To all the Indian media bashing her for speaking up for Nepal, grow up. lts nonsensical to believe she owes you for making a career in Bollywood. She made her mark with her talent, audience loved her for her performances. She earned it!

सदाबहार अभिनेत्रीको ट्याग पाएकी करिश्मा मानन्धरले मनिषाले वार्ताको माध्यमबाट समाधान निकालौ भन्ने तार्किक कुरा गरेको लेखेकी छिन्। उनले जारी गरिएको नक्सा नै थि रहेको जनाउदै मनिषाले ट्विट गरेर केहि गल्ती नगरेको जनाएकी छिन्।

डा. मिनेन्द्र रिजालको कुरा टु दि पोइन्ट लाग्यो, हरेक राजनीतिज्ञले यो अवस्थामा सटिक र आत्माविश्वासका साथ जवाफ दिनुपर्छ। मनिषा जी को भनाइलाई छिमेकी मिडियाले अतिरंजित गरेर प्रचार गरिरहेको छ, वाहाँ ले लेखेको आधा लाइनलाई मात्रै फोकस गरेर प्रचार गरिरहेको छ, वाहाँले त्यो टुइट्को दोस्रो लाइनमा We all are looking forward for a peaceful and respectful dialogue between all three great Nation now . पनि भन्नुभएको छ।
बिश्वका जतिसुकै ठुला विवादको अन्त्य हुन अन्ततोगत्वा वार्ता नै तेस्को मध्यम भयेको इतिहास छ। याहाँ नेरी अप्ठ्यारो भएको छिमेकीको हेपाह परवृर्तीलेगर्दा हुनसक्छ! एउटा अर्को कुरा नक्सा त जारी गरियो, हामी सम्पूर्ण नेपाली खुशी छौ, तर यसलाई संविधान संशोधन गरि हाम्रो संविधान भित्र नक्सा पर्न ढिला गर्नु हुदैन! संविधानमा त पुरानो नक्सा अनुसार छ। हामी एक ढिक्का भएमा वार्तामा नाआइ दोश्रो उपाय अपनाउन उनिहरुलाइ पनि गाह्रै पर्ला। शुभदिन 😊

डा. मिनेन्द्र रिजालको कुरा टु दि पोइन्ट लाग्यो , हरेक राजनीतिज्ञले यो अवस्थामा सटिक र आत्माविश्वासका साथ जवाफ दिनुपर्छ…

Posted by Karishmaa Manandhar on Wednesday, May 20, 2020

नायिका ऋचा शर्मा पनि मनिषाको पक्षमा उभिएकी छिन्। उनले पनि समाजिक सञ्जाल मार्फत मनिषाले भारतमा आफ्नो पौरख र प्रतिभाले नाम कमाएको लेखेकी छिन्। उनले मनिषा बलिउडमा टिक्नुलाई उनको प्रतिभा नै मुख्य रहेकोमा जोड दिएकी छिन्। उनले प्रियंका चोपडाको पनि उदाहरण दिएकी छिन्। ‘प्रियंकाले हलिउडमा आफ्नो स्थान बनाइ रहेकी छिन्,अब के उनले भारतलाई बिर्सिन्छिन् त ?’ ऋचाले सामाजिक सञ्जाल मार्फत प्रश्न पनि गरेकी छिन्।

चाहे ‘१९४२ अ लभ स्टोरी’ होस् या ‘दिल से’ वा ‘खामोशी’– मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन्। नामसँगै लाखौं प्रशंसक कमाएकी हुन्। भारतकै भूमिमा जन्मिएका कैयन् कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए। तर, मनीषा आजपर्यन्त बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेकी छन्। कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन्। प्रियंका चोपडाले अचेल हलिउडमा राम्रो स्थान बनाइरहेकी छन्। तर, यसो भन्दैमा उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिएकी छैनन्। समय-समयमा मातृभूमिलाई धन्यवाद दिइरहने प्रियंकालाई भारतले आफ्नो गहना भनेर स्वीकार्छ। सानिया मिर्जाले खुलेर आफ्नो मुलुकको प्रशंसा गरिरहन्छिन्। पाकिस्तानी मिडियाले उनलाई कहिल्यै ‘विदेशी दलाल’ भनेर दुत्कार्दैन। म चाहे बीसौं वर्ष कुनै संस्थामा काम गरूँ– त्यसका हाकिम मेरा लागि सधैं हाकिम हुन्, माता वा पिता होइनन्।
तर, म भारतीय मिडियालाई दोष दिन्नँ। मैले कहिल्यै उनीहरूबाट यस्तो दुईपैसे नौटंकीभन्दा बढी आशा गरेकै छैन। उनीहरू समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन्। तटस्थ विचार होइन, समाजलाई भड्काउने नारा बेच्छन्। #IamWithManishaKoirala #iamwithprimeminister

चाहे '१९४२ अ लभ स्टोरी' होस् या 'दिल से' वा 'खामोशी'–– मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । नामसँगै…

Posted by Reeccha Sharrma on Thursday, May 21, 2020

गायिका इन्दिरा जोशीले पनि मनिषाको पक्षमा अडान लिएकी छिन्। उनले भारतमा मेहनतले स्थापित भएर राज गरेकी मनिषाले त्यहाँ कर पनि तिरेको उल्लेख गरेकी छिन्। मनिषा क्यान्सरलाई जित्ने महिला रहेको उल्लेख गर्दै इन्दिराले उनको व्यक्तित्वको प्रसंसा गरेकी छिन्।

Contributed to bollywood with her amazing acting skills, gave many hits, paid her taxes, nothing personal here, it’s about exchange of service. She is a strong, talented women. A cancer survivor, example to many n standing up for the truth. Period! #ahesanfaramoshjournalist

Contributed to bollywood with her amazing acting skills, gave many hits, paid her taxes, nothing personal here, it's…

Posted by Indira Joshi on Wednesday, May 20, 2020

यसैगरी अभिनेत्री पुजा शर्माले पनि मनिषाले अभिनयकै कारण दर्शकको मन जितेको र बलिउडमा आफ्नो पहिचान बनाउन सफल भएको लेखेकी छिन्। सामाजिक सञ्जाल मार्फत मनिषा पक्षमा विचार राख्दै उनले मनिषाले मातृभूमिको बारेमा बोल्दा भारतीय मिडियाले रोइलो गरिरहेको तर्फ पनि संकेत गरेकी छिन्।

आफ्नो व्यक्तित्व र अभिनयका कारण विश्वकै मन जित्न सफल नायिका मनिषा कोइरालाले नेपाली भूमिको बिषयमा टिप्पणी गर्दा भारतीय मिडिया रोइलो गरिरहेका छन्। तर, उनीहरुले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा गरेनन्, यो दुखको कुरा हो। मनीषा दिदीले भारतको नुन भिख मागेर खानुभयको हैन आफ्नो कलाकारितामा उभियर खानुभयको हो मनीषा दिदीको योगदानलाई लत्याउदै उल्टै अपशब्द बोल्ने मिडीया प्रति टीठ लागेर आयो। नेपालीहरु काम र कर्मको सिलसिलामा सन्सारभर होलान तर जब देश र आफ्नो जमीनको कुरा हुन्छ तेतीबेला देशकै पक्षमा बोलीन्छ जन्मदिने आमालाई पराई ठानेर आफ्नै आमाको अङ्ग लुच्छने पराईलाई आमा भन्न सकिदैन चेतना भया। अर्को दुःख यसमा लागेको छकी भारतीय मिडीयाले नेपाल र मनीषा दिदीको बारेमा ठुलो ठुलो स्वरमा नानाभती भनीरहदा नेपालका मिडीयाहरुले खासै आवाज उठाउन सकेनन्🙏🙏🙏🙏

आफ्नो व्यक्तित्व र अभिनयका कारण विश्वकै मन जित्न सफल नायिका मनिषा कोइरालाले नेपाली भूमिको बिषयमा टिप्पणी गर्दा भारतीय…

Posted by Xantripto Pooja Sharma on Wednesday, May 20, 2020

अभिनेत्री वर्षा राउतले पनि मनिषाले मातृभूमि माथिको हस्तक्षेप सहन नसकेको उल्लेख गरेकी छिन्। सामाजिक सञ्जाल मार्फत उनले भारतीय मिडियाले उहाँमाथी गरेको आक्रमण र अपमानको हामी सम्पूर्ण नेपाली चलाचित्रकर्मीले बिरोध गर्न जरुरी रहेकोमा जोड दिएकी छिन्। उनले मातृभूमी र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य नरहेको पनि उल्लेख गरेकी छिन्।

पसीना बेच्न सकिन्छ, आमा होईन ! मनीषा कोईराला दीदिले आफ्नो आमा माथी हस्तक्षेप सहनु भएन, त्यसैले उहाँले आफ्नो अपमान सँग नडराई मातृभूमीको सम्मान मा उभिनु भयो। आज भारतीय मिडियाले उहाँमाथी गरेको आक्रमण र अपमानको हामी सम्पूर्ण नेपाली चलाचित्रकर्मीले बिरोध गर्न जरुरी छ र मनीषा दीदीको स्वाभिमानलाई अझै मझबुत बनाउन साथ दिन जरुरी छ। हाम्रो मातृभूमी र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापि स्वीकार्य छैन। #iamwithmanishakoirala #wearewithmanishakoirala

पसीना बेच्न सकिन्छ, आमा होईन ! मनीषा कोईराला दीदिले आफ्नो आमा माथी हस्तक्षेप सहनु भएन, त्यसैले उहाँले आफ्नो अपमान सँग…

Posted by Barsha Raut on Thursday, May 21, 2020

SUBSCRIBE 👉