‘बितेका पल’लाई अष्ट्रेलियाबाट साढे सात लाख


biteka-pal-nepali-movieग्ल्यामर नेपाल, काठमाडौं । सुरज सुब्बा नाल्बो निर्देशित चलचित्र ‘बितेका पल’को नेपालसँगै ओभरसिज मार्केटबाट पनि राम्रो कमाई हुने देखिएको छ। विश्वका विभिन्न मुलुकमा यो फिल्मको राइट्स बिक्रि भइरहेको छ। सोही क्रममा निर्माता राजेश घतानीले फिल्मको अष्ट्रेलिया राइट्स पनि बेचेका छन्। अस्ट्रेलियाको नेपाली टच नामक कम्पनीलाई ७ लाख ५१ हजार रुपैयाँमा प्रदर्शन अधिकार दिएको निर्माता घतानीले जनाकारी दिए। सम्झौतापत्रमा मंगलबार घतानी र नेपाली टचका तर्फबाट बबी लामाले हस्ताक्षर गरेका छन्।

rajesh-ghatani‘बितेका पल’को पहिलो प्रदर्शन सिड्नीमा हुने बताइएको छ। सिड्नीमा फेब्रअरी १५ मा प्रदर्शन गरिने नेपाली टच प्रमुख दिपेश पुनले बताए। त्यसपछि विस्तारै अन्य सहरमा पनि देखाउने उनको भनाई छ। यो कम्पनीले यसघि पनि नेपाली फिल्म अष्ट्रेलियामा देखाएको थियो।

अमेरिकाबाट पनि ‘बितेका पल’लाई ५० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने बताइएको छ। त्यस्तै, युरोपका विभिन्न देशमा पनि यो फिल्म प्रदर्शन हुँदैछ। भारतको सिक्किम र दार्जिलिङमा पनि प्रदर्शनको चाँजोपाँजो मिलाउँदै गरेको घतानी बताए। सत्य प्रेमकथामा आधारित भनिएको यो चलचित्रमा बाबु बोगटी, केकी अधिकारी र अविनाश गुरुङको मूख्य भूमिका रहेको छ। नेपालमा यो फिल्म पौष २७ गतेबाट प्रदर्शन भएको थियो।

SUBSCRIBE 👉