सुपरहिट ‘होस्टेल’को सिक्वेल बनाउँदै सुनिल


Hostel-Returnsग्ल्यामर नेपाल, काठमाडौं । दुर्गिश फिल्मस्को व्यानरमा ‘सायद’ र ‘होस्टेल’ जस्ता सुपरहिट फिल्म बनाएका निर्माता सुनिल रावलले सोही व्यानरमा ‘होस्टेल’को सिक्वेल ‘होस्टेल रिटर्नस’ निर्माणको घोषणा गरेका छन् । युवापुस्ताको कथा बोल्ने फिल्मको छायांकन असोज २१ देखि सुरु हुनेछ ।

सुनिलले तेस्रो प्रोजेक्टमा ‘मौन’ निर्देशन सुरज भुषाललाई निर्देशका रुपमा लिँदैछन् । फिल्मको कथा सुरज र सन्तोष लम्सालले मिलेर लेखेका छन् । बुटवलमा छायांकन हुने फिल्ममा सुशिल श्रेष्ठ, नजिर हुसेन, सुशिल सिटौला, अभय बराल, शशी श्रेष्ठ, स्वस्तीमा खड्का, सुदाम सिके, प्रदीपकुमार चौधरी, इभास जोशी र रमेश श्रेष्ठको अभिनय रहनेछ ।

होस्टेलमा बस्ने युवाहरुको कथा रहने फिल्ममा स्याडोज ब्यान्डका गायक स्वप्नील शर्माको संगीत हुनेछ । दुर्गिश फिल्मस्कै व्यानरमा यसअघि निर्माण घोषणा गरिएको ‘लभ नम्बर’ सुटिङलाई सारेर ‘होस्टेल रिटर्नस’को काम गर्न लागिएको हो । सिक्वेल फिल्मका लागि हाल कार्यशाला भइरहेको छ । फिल्ममा चन्द्र पन्तको एक्सन हुनेछ ।

SUBSCRIBE 👉