माल्भिका सुब्बा रियालिटी सो मार्फत पुन: टेलिभिजनमा


malvika-subba-1ग्ल्यामर नेपाल, काठमाडौँ । चाइल्ड रिच नेपाल नाम गैरसरकारी संस्थाले शुरु गर्न लागेको रियालिटी सो मार्फत सन्त २००० कि मिस नेपाल विजेता तथा अभिनेत्री माल्भिका सुब्बा पुन: टेलिभिजनमा देखा पर्ने भएकी छिन् । उक्त रियालिटी शो उनले होस्ट गर्ने भएकी हुन्। ‘आइडिया स्टुडियो’ नाम राखिएको रिलाती सो यसै साता देखि नेपाल टेलिभिजन र हिमालय टेलिभिजनबाट एकै साथ प्रसारण हुने माल्भिकाले जनाएकी छिन्। कुनै समय माल्भिका कान्तिपुर टेलिभिजन को चर्चित लाइभ कार्यक्रम कि भिजेका रुपमा चर्चित थिइन्।
malvika-subba-2चाईल्ड रिच नेपालको परिकल्पनामा तयार हुने १६ भागको यो रियालिटी सो को थिम ‘सोच देखि उद्ध्योग सम्म’ रखिएको छ। नेपाली उद्ध्योगका निम्ति नव उद्द्योगपती जन्माउने सोचको यो सोमा नेपालभर बाट ३० जना प्रतिस्पर्धीलाई छनौट गरेर तिन सात क्लोज क्याम्पमा राखिनेछ।

SUBSCRIBE 👉