टुल्केसँग भाँचियो मेनुकाको पातलो कम्मर


menuka-pradhan-5ग्ल्यामर नेपाल, काठमाडौं । ब्लकबस्टर ‘लुट’का निर्देशक निश्चल बस्नेतको दोस्रो फिल्म ‘टलकजंग भर्सेज टुल्के’ यो वर्षकै आशातित फिल्म हो। कार्तिक १४ गते रिलिज मिति तोकिएको यो फिल्मको प्रमोशनमा निर्माण युनिट विस्तार जुटिरहेको छ। सोही क्रममा फिल्मको आइटम गीत रिलिज गरिएको छ। महंगो सेटमा खिचिएको भनिएको ‘नाचन मैया, नाचन झिल्के…’ बोलको गीत मेनुका प्रधान र ऋचा शर्मामाथि फिचरिङ गरिएको छ। दयाहाङ राई र खगेन्द्र लामिछानेलाई पनि गीतमा देख्न सकिन्छ। निश्चलको शब्द तथा जेशन कुवँरको संगीत रहेको गीतमा निश्चलसहित सुम्निमा सिंह र रोशन थापाले आवाज दिएका छन्। गम्भीर विष्ट गीतको कोरियोग्राफर हुन्।

ब्ल्याकहर्स पिक्चर्स र षट्कोण आर्टस्को संयुक्त प्रस्तुती रहेको ‘टलकजंग भर्सेज टुल्के’मा रविन्द्रसिंह बाँनिया, सिता श्रेष्ठ र रोजिना सिटौलाको लगानी रहेको छ। फिल्मले दशवर्षे माओवादी द्धन्द्धमा पिल्सिएका नागरिकको कथा बोलेको छ। ‘बधशाली’बाट ख्याती कमाएका खगेन्द्र लामिछाने फिल्मका मुख्य कलाकार हुन्। उनीसँगै दयाहाङ र ऋचाको पनि महत्वपूर्ण भूमिका रहेको छ।

‘लुट’को सफलतापछि निश्चलप्रति पलाएको आशा ‘टलकजंग भर्सेज टुल्के’ले पुरा गर्छ कि गर्दैन् ? प्रतिक्षाको विषय बनेको छ।
भिडियो गित हेर्नुहोस्।
talakjung-vs-tulke

SUBSCRIBE 👉