आभाषको गीत सार्वजनिक


Aavashग्ल्यामर नेपाल, काठमाडौं । आगामी पुष २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आभाष’को पहिलो गीत सार्वजनिक भएको छ । चर्चित फिल्म सम्पादक सुरेन्द्र पौडेलको डेब्यु निर्देशन रहेको फिल्ममा संयम पुरी, आस्मा डिसी, सलोन बस्नेत, रविन्द्र खड्का, प्रकृति श्रेष्ठ, निशा अधिकारी र सुनिल रावललगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा गोविन्द शाही, दीपक शाही र प्रविन श्रेष्ठको लगानी रहेको छ । ग्लोसी पिक्चर्स प्रालि र क्रिएटिभ फिल्मस् प्रा.लि.को संयुक्त व्यानरमा निर्मित फिल्मको गीतमा संयम, सलोन र आस्माले फिचरिङ गरेका छन् । ‘यात्रा’ बोलको उक्त गीतमा गायक कमल क्षेत्री र गायिका शशी रावलको स्वर रहेको छ । फिल्ममा छेतन गुरुङ, प्रकाश नेपाली र सजेन्द्रध्वज कार्कीको गीत संगीत, चन्द्र पन्तको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

फिल्मको कथा सुरेन्द्र र हेमराज बिसीले संयुक्त रुपमा लेखेका हुन् । फिल्मका निर्माता शाहीले फिल्मका अरु गीत प्रत्येक महिना सार्वजनिक गरिने बताए । कार्यक्रममा फिल्मका कलाकारहरुले फिल्मको सुटिङ गर्दाको अनुभव सुनाएका थिए ।

aavash-video-song-yatra

SUBSCRIBE 👉