शुभसाइत गर्दै प्रचारप्रसारमा उत्रियो अझै पनि


Ajhai-Pani-Movieग्ल्यामर नेपाल, काठमाडौ । आगामी फागुन १५ मा रिलिज मिति तोकिएको फिल्म ‘अझै पनि’ले राजधानीको कमलादीस्थित गणेश मन्दिरमा पुजा गरेर प्रचारप्रसारको थालनी गरेको छ । पुनम इन्टरटेनमेण्टको व्यानरमा सुदर्शन थापा प्रोडक्शनको प्रस्तुती रहेको फिल्मलाई पुनम गौतम र सुदर्शन थापाले निर्माण गरेका हुन् ।

फिल्म प्रमोशनको पुजा कार्यक्रममा निर्माता गौतम, निर्देशक आलोक नेम्वाङ, कलाकारहरु सुदर्शन थापा, पुजा शर्मा, सुरक्षा पन्त, पुष्प खड्का, विशाल ढुंगाना, रामशरण पाठक, विपना धिमालसहित क्यामेरामेन राजेश श्रेष्ठ, सह–निर्देशक बसन्त अधिकारी सरिक भए । निर्देशक आलोकका अनुसार फिल्मले केहि दिनमै प्रचारप्रसारको पहिलो सामग्री स्वरुप गीत सार्वजनिक गर्दैछ ।

Ajhai-Paniआलोकले फिल्म सामाजिक कथामा बनेको दाबी गरे । ‘फिल्मले प्रेम कथा मात्र होइन सम्पूर्ण समाज र त्यसभित्रका कथालाई बोल्छ ।’ उनले भने । ग्रामिण भेगका दृश्यहरुलाई प्राथमिकता दिईएको फिल्ममा महेश खड्का, हरी लम्साल र राजनराज सिवाकोटीले संगीत दिएका छन् ।

SUBSCRIBE 👉