भिक्षु जीवन बिताउँदै डेनी


Danny-Danzongpaबलिउडका चर्चित फिल्म ‘खुदा गवाह’, ‘अग्नीपथ’ र ‘हम’लगायतमा आफ्नो कुशल अभिनय देखाइसकेका चर्चित अभिनेता डेनी डेञ्जोङ्पा हाल फिल्म उद्योगबाट अलग छन् । पछिल्लो समयमा डेनी धार्मिक रुपमा आफ्ना साथी रणजीतका भाई प्रेम बेदीको प्रार्थना सभामा आफ्नो दिन बिताइरहेका छन् । उनका अनुसार उनी वर्षमा चार महिना मात्र मुम्बईमा बिताउँछन् ।

‘यो शहरको हल्ला र प्रदुषणबाट म थाकिसकेको छु,’डेनी भन्छन्,‘बाँकी आठ महिना सिक्किम र लेहको पहाडी इलाकामा बिताउने गरेको छु ।’ यो स्थानमा डेनीको घर र आफ्नो व्यवसाय रहेको छ भने उनी घरमै एक टेण्ट बनाउँदै बौद्ध भिक्षु जीवन गुजारा गर्दैछन् । ‘म फिल्ममा दमदार भूमिका छ भने मात्र फर्कनेछु,’डेनीले भनेका छन्,‘म आफ्नो छोरा रिनजिङलाई पनि नायकको जस्तो ग्रुमिङ गरिरहेको छु ।’ डेनीका अनुसार उनी चाँडै नै आफ्नो छोरालाई नायकको रुपमा सार्वजनिक गर्दैछन् ।

SUBSCRIBE 👉