फिल्म‘हाउ फन्नी’ बनाउँदै माल्भिका


hoe-funnyग्ल्यामर नेपाल, काठमाडौं । विगत १२ वर्षदेखि सञ्चारमाध्यममा सक्रिय पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा फिल्म निर्माणको मैदानमा उत्रिएकी छन् । आफुलाई कार्यकारी निर्माताको रुपमा प्रस्तुत गर्दै आइतबार राजधानीमा सञ्चारकर्मीमाझ फिल्म ‘हाउ फन्नी’को कलाकारसँगै निर्देशकलाई पनि चिनाईन् ।

टिनी बट बीग पिक्चर्स प्रा.लि.को व्यानरमा निर्माण गरिने फिल्ममार्फत कलाकार कथा कथा लेखक निलु डोमा शेर्पा निर्देशकको रुपमा डेब्यु गर्दैछिन् । फिल्ममा दयाहाङ राई, केकी अधिकारी, निशा अधिकारी, प्रियंका कार्की र अनुप विक्रम शाही प्रमुख भूमिकामा देखिँदैछन् । निर्देशक शेर्पाका अनुसार फिल्मले कमेडीसँगै सामाजिक सन्देश र महिला सशक्तिकरणको पाटोलाई पनि उठान गर्नेछ । ‘फिल्ममा प्रियंका र केकीलाई जासुसको रुपमा प्रस्तुत गर्दैछौं,’शेर्पाले भनिन्,‘यसबाहेक अन्य केही नयाँ कुरा पनि फिल्ममा दर्शकले हेर्न पाउनेछन् ।’

कार्यकारी निर्माता माल्भिकाले पनि मिडिया क्षेत्रमा गरेको काम र केही फिल्ममा गरेको अभिनय अनुभवले पनि आफुलाई फिल्म निर्माणमा नयाँ जोश ल्याएको दाबी गरिन् । निलुकै कथा र परिकल्पना रहेको फिल्ममा आङ नुरु शेर्पा(फेरिचे), छिरिङ लामु शेर्पा र निमा टासी शेर्पा निर्माताको लगानी रहनेछ भने सुरेश अधिकारी, शैलेस सिंह, शलेन्द्र श्रेष्ठको संगीत, सायल श्रेष्ठको कष्ट्युम डिजाइन, शान बस्नेतको लेखन र हरि हुमागाईको छायांकन रहनेछ ।

माल्भिकाका अनुसार फिल्मको सुटिङ मंसीर ३ गतेबाट हुनेछ भने रिलिज योजना चैत्र महिना रहेको छ ।

SUBSCRIBE 👉