अष्ट्रेलियामा सेतो बाघको रेडकार्पेट प्रिमियर


nepali-movie-seto-bagh-artist-photo-7ग्ल्यामर नेपाल, काठमाडौं । नेपालमा प्रर्दशनको टुंगो नलागेको फिल्म ‘सेतो बाघ’ को अष्टेलियाको मेलर्वनमा रेडकार्पेट प्रिमियर शो हुने भएको छ ।

स्थानीय आयोजक नमस्ते नेपाल न्यूज एण्ड टेलिभिजनका सविनजंग थापाका अनुसार आउँदो नोभेम्बर ८(कार्तिक २२) मा मेलर्वनस्थित भिलेज सिनेमा फिल्मको रेडकार्पेट गरिनेछ । पहिलो दिनको प्रिमियर शो समापनसँगै नियमित रुपमा फिल्मको सार्वजनिक प्रर्दशन पनि सोही हलमा गरिने थापाले बताए ।

प्रिमियरमा सहभागी हुन नेपालबाट श्रीमती उषा सहित निर्देशक नीर शाह र अर्का निर्देशक ज्ञानेन्द्र देउजा अष्टेलिया जानेछन्। फिल्मको अष्ट्रेलिया प्रर्वद्धन हेरेका निर्देशक देउजाले प्रिमियर शोसहित रेगुलर शोलाई सफल पार्न आफ्नो सहभागिता रहने जनाए । नेपालमा जस्तै अष्ट्रेलियामा पनि फिल्मको सार्वजनिक प्रदर्शनको शैली उस्तै रहने देउजाले खुलाए । उनका अनुसार अष्ट्रेलिया पछि अमेरिकाका विभिन्न शहरमा पनि फिल्म प्रर्दशन गरिने छ ।

वरिष्ठ साहित्यकार स्वर्गीय डायमन शमशेर राणाको ऐतिहासिक उपन्यास माथि बनेको फिल्ममा जंगबहादुर राणाको अन्तिम ३० दिनको कथालाई प्रस्तुत गरिएको छ ।

SUBSCRIBE 👉