आवेगको छायांकन सकियो


Aabeg-Movieग्ल्यामर नेपाल, काठमाडौं । निर्देशक बसन्त निरौलाले निर्देशन गरेको फिल्म ‘आवेग’ ३४ दिनको सुटिङ पछि सकिएको छ । निर्देशक निरौलाका अनुसार फिल्मकी अभिनेत्री पवित्रा आचार्य र अभिनेता ध्रुव दत्तको गीतको छायांकनसँगै फिल्मको काम सकिएको हो ।

यमन म्यूजिक र वी.एन फिल्मस्को प्रस्तुतीमा बनेको फिल्ममा आर्यन सिग्देल, अर्चना गेलाल र रमेश बुढाथोकीको पनि अभिनय रहेको छ । सूर्य कार्की प्रस्तुतकर्ता रहेको फिल्ममा धनसिंह केसी र राजेन्द्र घिमिरेको लगानी रहेको छ । फिल्ममा अष्ट महर्जनको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ । फिल्मको हाल सम्पादन भईरहेको छ ।

SUBSCRIBE 👉