तीन घुम्तीमा जीवन–गरिमाको रोमान्स


Jiwan-garimaग्ल्यामर नेपाल, काठमाडौं । नेपाली साहित्यका प्रख्यात साहित्यकार तथा पूर्व प्रधानमन्त्री स्वर्गीय विशेश्वरप्रसाद कोईराला(वीपी कोइराला)को चर्चित कृति ‘तीन घुम्ती’मा आधारित रहेर बन्न लागेको फिल्म ‘तीन घुम्ती’मा जीवन लुँइटेल र गरिमा पन्तले रोमान्स गर्ने भएका छन् । निर्देशक बाबुराम ढकालले निर्देशन गर्न लागेको फिल्मको सुटिङ तिहार पछि हुनेछ ।

कर्मा प्रोडक्शनको व्यारनमा निर्माण हुन लागेको फिल्ममा कोशिस क्षेत्री पनि कलाकारका रुपमा अनुबन्धित भएका छन् । फिल्ममा पिताम्बर पात्रका रुपमा जीवन, इन्द्रमायाका रुपमा गरिमा र रमेशका रुपमा कोशिस हुनेछन् । बसन्त सापकोटाको संगीत, डाक्टर कृष्णहरी बरालको शब्द, विपिन मल्लको सम्पादन रहने फिल्मले विभिन्न वर्कशप र अन्तरक्रिया गरिरहेको छ।

SUBSCRIBE 👉