मैथिली फिल्ममा झरना, ओस्कारमा पुग्ने सपना


jharana-thapaग्ल्यामर नेपाल, काठमाडौं । मैथिली भाषाको फिल्ममा अभिनय गरेर ओस्कार अवार्डमा पुग्ने सपना बुन्दै नायिका झरना थापा दुई मैथिली फिल्ममा आफुलाई नायिकाको रुपमा प्रस्तुत गर्ने भएकी छन् । मञ्जिता सिने क्रिएसन प्रालि विराटनगरको ब्यानरमा निर्माण हुन लागेको मैथिली फिल्म ‘अपन देश नेपाल’ र ‘माँ क दर्द’ मा झरना प्रमुख भूमिकामा डेब्यु गर्दैछिन्, जुन फिल्मको मुहुर्त विराटनगरमा गरिएको छ ।

कार्यक्रममा झरनाले एकसाथ दुइटा मैथिली फिल्ममा अवसर पाउँदा खुसी लागेको बताउँदै दुवै फिल्मलाई ओस्कर अवार्डसम्म पुर्याउने लक्ष्यका साथ अभिनय गर्ने तयारी गरेको दाबी गरिन् । ‘भाषागत समस्याले केही चुनौति होला, तर काम गर्दै गएपछि आफै सिकिन्छ,’झरनाले भनिन्,‘ फिल्मको स्क्रिप्ट बुझेर अभिनय गर्ने स्थितिको आकलन गर्ने तथा स्क्रिप्ट कण्ठै गरेर भए पनि दुवै मैथिली फिल्मलाई उचाइका पुर्याउने  लक्ष्य रहेको छ ।’ झरनाले यसअघि ‘दिदी तोहर देवर दिवाना’ नामक भोजपुरी फिल्ममा अभिनय गरेकी थिईन्, जुन फिल्म सुपरहिट भएको थियो ।

सामाजिक र देशभक्तिले भरिएको कथावस्तु भएको दुवै फिल्ममा झरनालाई नायकको रुपमा विजय कामतले साथ दिनेछन् । फिल्म ‘माँ क दर्द’का निर्देशक राजु चौधरी हुन् । दुवै फिल्मको निर्मातामा राजमणि चौधरी, विजय कामत र भरत ठाकुर रहेका छन् । दुवै फिल्मको सुटिङ चार महिनामा सकिने निर्माण युनिटले जनाएको छ ।

SUBSCRIBE 👉