लभ यु बाबाको फष्टलुक र दुई गीत सार्वजनिक


Rajkumar-rai-shanti-priyaग्ल्यामर नेपाल, काठमाडौं । आठ वर्षे बालक सौगात विष्टले निर्देशन गरेको फिल्म ‘लभ यू बाबा’ को अफिसियल फष्टलुक, ट्रिजर र दुई गीत सार्वजनिक भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले फिल्मको पोष्टर संयुक्त रुपमा सार्वजनिक गरे । मौलिक नेपाली सामाजिक विषयबस्तुमा बाबु–छोरीबिचको आत्मीय सम्बन्ध र घटना एवं परिदृश्यलाई समेटिएर निर्माण गरिएको फिल्म आगामी मंसीर २६ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

Saugat-Bistaफिल्ममा सौगातका पिता गजितसहित निश्मा घिमिरे, अशिस्मा नकर्मी, अनु शाह, निर्मल शर्मा, बसन्त भट्ट, अनमोल अग्रवाल, अर्जुन गुरुङ, प्रकाश बस्नेत, राजु बजाज, सुरेन बसेललगायतको अभिनय रहेको छ । गजितकै कथा रहेको फिल्ममा पटकथा तथा कोरियोग्राफी गम्भिर विष्टको छ । दीपक शर्मा, स्वरुपराज आचार्य, डेनी निरौला र प्रदिप बास्तोलाको संगीत, चन्द्र पन्तको द्वन्द्व रहेको फिल्ममा कृष्णहरि बराल, शान्तिप्रिय, चन्द्रमणी भट्टराई, प्रदीप वास्तोलाको गीत रहेको छ ।

फिल्ममा पत्रकार सुब्रत आचार्य र नायिका अनु अतिथि भूमिकामा छन् । डान्स फिभरको व्यानरमा निर्मित फिल्ममा सम्झना पोखरेल निर्माता तथा रोशनी बज्राचार्य सह–निर्माताका रुपमा रहेका छन् ।

SUBSCRIBE 👉