फिनल्याण्डमा टलकजंग भर्सेज टुल्के


Tulke-Movieग्ल्यामर नेपाल, काठमाडौं । ब्लकब्लष्टर फिल्म ‘लुट’का निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको फिल्म ‘टलकजंग भर्सेज टुल्के’ फिनल्याण्डको हेलसिन्कीमा कार्तिक १५ प्रदर्शन हुने भएको छ । त्यहाँ रहेको बन्दीपुर फ्यामिली नामक संस्थाले फिल्मको प्रदर्शन गर्न लागेको हो ।

आयोजकका अनुसार फिल्म हेलसिन्कीको किनो के ३ मा प्रदर्शन गरिनेछ । ब्ल्याकहर्स फिल्मस् र सटकोण आर्टस्को व्यानरमा निर्मित फिल्ममा दयाहाङ राई, ऋचा शर्मा, शशांक मैनाली, खगेन्द्र लामिछाने, रविन्द्रसिंह बानिया, प्रकाश घिमिरे र रजनी गुरुङले अभिनय गरेका छन् । फिल्ममा रोजिन सिटौला, रामकुमार बानियाँ र सिता श्रेष्ठको लगानी रहेको छ भने कार्यकारी निर्माता रविन्द्र सिंह बानिया रहेका छन् ।

फिल्ममा खगेन्द्रको कथा, लोकेश बज्राचार्यको सम्पादन, जेसोन कुँवरको संगीत, अष्ट महर्जनको द्वन्द्व, निश्चलको शब्द, गम्भीर विष्टको कोरियोग्राफी र शेरबहादुर लामाको छायांकन रहेको छ । फिल्म नेपालमा कार्तिक १४ गतेबाट प्रदर्शनमा आउँदैछ ।

SUBSCRIBE 👉