टलकजंग भर्सेस टुल्केलाई युनिभर्सल सर्टिफिकेट


talakjung-vs-tulke-posterग्ल्यामर नेपाल, काठमाडौं । ब्लकब्लष्टर फिल्म ‘लुट’का निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ ले फिल्म सेन्सर बोर्डबाट हरेक वर्गका दर्शकले हेर्न मिल्ने गरीको युनिभर्सल प्रमाणपत्र पाएको छ । फिल्म आगामी कार्तिक १४ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।

फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँका अनुसार दुई वटा शब्दमा ‘म्यूट’ गर्नु बाहेक फिल्मको अरु कुनै पनि दृश्य तथा संवाद माथि आपत्ति नजनाई बिना काँटछाँट सेन्सर वोर्डले युनिभर्सल प्रमाण पत्र उपलब्ध गराएको हो ।

द्वन्द्वकालिन परिवेशमा टुल्के नाम गरेको व्यक्तिले समाजमा आफ्नो अस्तित्व कायम गर्न गर्नु परेको संघर्षको कथालाई फिल्मले प्रस्तुत गरेको छ । फिल्मका शीर्ष कलाकार खगेन्द्र लामिछानेले नै फिल्मको कथा लेखेका हुन् । फिल्ममा दयाहाङ राई, ऋचा शर्मा, शशांक मैनाली, कार्यकारी निर्माता बानियाँ लगायतको अभिनय छ ।

SUBSCRIBE 👉