बुटवलमा होस्टल रिटर्नसलाई भ्याईनभ्याई


Hostel-Returnsग्ल्यामर नेपाल, काठमाडौं । ‘सायद’ र ‘होस्टेल’ जस्ता सुपरहिट फिल्मको निर्माण गरेको व्यानर दुर्गिश फिल्मसले निर्माण गरिरहेको तेस्रो फिल्म ‘होस्टेल रिटन्स’को हाल बुटवलमा धमाधम छायांकन भईरहेको छ । फिल्मको निर्देशक सुरज भुषालले गरिरहेका छन् ।

निर्माता सुनिल रावलका अनुसार फिल्मको छायांकन तिब्र गतिमा बढिरहेको छ । ‘फिल्मको स्क्रिप्ट राम्रो भएकोले फिल्म बनाउन पनि मेहनत गरिरहेका छौं,’सुनिलले भने,‘फिल्मका कलाकारहरु नयाँ भए पनि राम्रोसँग काम गरिरहेका छन् ।’ फिल्ममा रंगमञ्चमा अभिनय गर्ने कलाकारहरुको बाहुल्यता रहेको छ । निर्देशक भुषालका अनुसार फिल्मले इन्जिनियरिङ र होस्टेल जीवनशैलीको चित्रण गर्नेछ ।

फिल्ममा सुशिल श्रेष्ठ, सुशिल सिटौला, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, सुदाम सिके, शिव श्रेष्ठ, अभय बराल, रोयदीप श्रेष्ठ, प्रदीप चौधरी, नाजिर हुसेन, दीया मास्के, इभान जोशी र निर्मल शर्माको अभिनय रहनेछ । संगीतकार तथा रक ब्यान्ड स्याडोजका गायक स्वप्नील शर्माले फिल्ममा संगीत दिनेछन् ।

SUBSCRIBE 👉