टुल्केको मनको वह


Khagendra-Lamichhane-Talakjung-VS-Tulkeग्ल्यामर नेपाल, काठमाडौं।
हिरो हुन अभिनय क्षमताभन्दा जीउडाल र लुक्स राम्रो हुनुपर्छ भन्ने गलत मानसिकताबाट नेपाली फिल्मका निर्माता/निर्देशकमा अझमाथि उठन सकेका छैनन्। दयाहाङ राई, कमलमणी नेपाललगाएतका केही कलाकारले सुरु-सुरुमा यही समस्या खेप्नु परको थियो। यही मानसिकताको पछिल्लो सिकार भएका छन्, खगेन्द्र लामिछाने।

झट्ट हेर्दा ‘हिरो’ जस्तो नलाग्ने भएका कारण फिल्ममा काम पाउन खगेन्द्रले निकै पापड पेल्नु परेको छ। निर्माता / निर्देशकले मात्र होइन्, साथीभाईले पनि ‘कलाकार बन्छु’ भन्दा ओठ लेप्रायाउँथे। केही समय अगाडी आफ्नो दोस्रो फिल्म टलकजंग भर्सेज टुल्केको ट्रेलर तथा गीत सार्वजनिक कार्यक्रममा उनले आफ्नो मनको यही बह पोखे। “मेरो लुक्स र जीउडाल देख्नासाथ ओठ लेप्राउने धेरै भेटें,” उनले खुलेर भने, “तर पनि अभिनयप्रतिको लगाव र क्षमता पोख्नबाट विचलित भइनँ।” यो फिल्मले आफ्नो करिअरलाई पिकअप दिनेमा उनी आशावादी देखिए।

उसो त खगेन्द्रले पहिलो फिल्म ‘बधशाला’बाटै वाहवाही बटुलिसकेका छन्। माओवादी बन्दीका रुपमा उनले निर्वाह गरेको भूमिका निकै रुचाइएको थियो। टुल्केमा ‘बधशाला’कोभन्दा सशक्त भूमिका रहेको बताइएको छ। फिल्मको स्क्रिप्ट पनि उनैले लेखेका हुन्। ब्लकबस्टर फिल्म ‘लुट’का निर्देशक निश्चल बस्नेतको दोस्रो प्रोजेक्ट भएका कारण पनि टुल्के प्रतिक्षित बनेको छ। फिल्ममा खगेन्द्रका अलवा दयाहाङ राई, सुशांक मैनाली, ऋचा शर्मा, सुदाम सिकेलगाएतका कलाकारको अभिनय रहेको छ। प्रोमो तथा ‘नाचन झिल्के…’बोलको आइटम गीतका कारण चर्चा पाइरहेको यो फिल्म १४ कात्तिकमा रिलिज हुँदैछ।

SUBSCRIBE 👉