ग्ल्यामर नेपाल, काठमाडौं ।
मानवीय संवेदनाका फिल्म बनाएर आम दर्शकको मनमा सफल निर्देशक नवल नेपालले निर्देशन गरेको फिल्म ‘लज्जा’ले तीन दिनमा ७८ लाख ५० हजारको आक्रमक कलेक्सन गरेको छ । गत शुक्रबारदेखि प्रर्दशनमा आएको फिल्मले राजधानीका ११ वटा पर्दाबाट ४१ लाख ५० हजार र मोफसलका ५३ पर्दाबाट ३७ लाखको ब्यापार गरेको हो ।
छविराज प्रोडक्सनको फिल्मले १ करोड ३० लाखको व्यापार गरे मात्र लगानी सुरक्षित हुनेछ । परिवारको आर्थिक संकट टार्न एउटी नारीले देह बेचेपछि उसको जीवनमा आउने उतारचढावलाई फिल्मले प्रस्तुत गरेको छ । आर्यन सिग्देल र शिल्पा पोखरेल स्टारर फिल्म सोमबार सञ्चारकर्मीसहित फिल्मकर्मीलाई देखाइएको थियो ।
गुण सिनेमा ग्वार्कोमा आयोजित प्रेस शोमा शिल्पाले आफुलाई फिल्ममा हेर्दा भावुक बनेको प्रतिक्रिया दिईन् । नायक आर्यनले दर्शकबाट फिल्मबारे राम्रो प्रतिक्रिया पाएको बताए । फिल्म हेरेपछि फिल्मकर्मी, दर्शक र सञ्चारकर्मीको प्रतिक्रियाबाट शिल्पा र आर्यन मख्ख थिए ।
फिल्म हेर्नका लागि कलाकारहरु आर्यन सिग्देल, शिल्पा पोखरेल, कमलमणि नेपाल, ध्रुव कोइराला, निर्माता छविराज ओझा,गीतकार किरण खरेल, निर्देशक ऋषि लामिछाने, निर्माता प्रदिप उदयलगायतको उपस्थिति रहेको थियो ।
