आवेगको ‘सोल्टीले हेरेको लाष्ट राम्रो’ सार्वजनिक(भिडियो)


Aaryan-Pabitraग्ल्यामर नेपाल, काठमाडौं ।
फाल्गुण १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आवेग’को पहिलो गीत ‘सोल्टीले हेरेको लाष्ट राम्रो’ सार्वजनिक भएको छ । पाटन मन्दिर र दशरथ रंगशालामा छायांकन गरिएको गीतमा फिल्मका कलाकारहरु आर्यन सिग्देल, धु्रव दत्त, पवित्रा आचार्य र अर्चना डेलालाले फिचरिङ गरेका छन् ।

बसन्त निरौलाले निर्देशन गरेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । टंक बुढाथोकीको संगीत रहेको गीतमा टंक र मनिषा पोखरेलको स्वर तथा सूर्य कार्कीको शब्द रहेको छ । फिल्मका प्रस्तुतकर्ता सूर्य कार्की हुन् ।

निर्देशक निरौलाका अनुसार एक्सन पाटोलाई प्राथमिकता दिइएको फिल्मलाई मसलेदार बनाउन खोजिएको छ ।

SUBSCRIBE 👉