सन्तानका कारण करिश्माले छोडिन् सन्दिप


Karishma-Kapoorव्यापारी पति सञ्जय कपुरसँग डिभोर्स भएको लामो समयपछि मुम्बईकै एक अर्का व्यापारीसँग रोमान्समा रहेकी बलिउड अभिनेत्री करिश्मा कपुरको ती व्यापारीसँग पनि रोमान्स टुंगिएको छ । मुम्बईका व्यापारी सन्दिप तोषनीवालसँग सम्बन्ध गाँस्दै आएकी करिश्माले सन्दिपसँग पनि प्रेम सम्बन्धलाई निरन्तरता दिन नसकेकी हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सन्दिपसँग करिश्माको निकट्ता बढिरहेको देख्दा चाँडै नै उनले फेरी घरजम बसाउन सक्ने अनुमान गरिएको थियो । तर त्यो अनुमान सत्य भईदिएन । प्रायः सार्वजनिक कार्यक्रममा सन्दिपसँगै झुल्किने करिश्मा हालै दिल्लीमा आयोजित एक कार्यक्रममा भने आफ्नो बच्चा र आमा बबिता कपुरको साथ देखिईन् ।

कश्मिाका साथ सन्दिप नदेखिँदा त्यहाँ उपस्थित व्यक्तिहरुबीच उनीहरुको सम्बन्ध टुटेको हो कि भन्ने विषयमा गाईगुई पनि चलेको थियो । जुन कुरा करिश्माले आफ्ना साथीभाईमार्फत पुष्टि गरेकी छन् । उनका साथीहरुका अनुसार अभिनेत्रीले सन्तानको कारण आफुले सन्दिपसँग सम्बन्ध टुटाएको बताएकी छन् ।

SUBSCRIBE 👉