इन्फा अवार्डमा हाउ फन्नीको प्रचार


How-Funneyग्ल्यामर नेपाल, काठमाडौ ।
फिल्म सुटिङ हुनु अघि नै त्यसको पब्लिसिटी गर्नु आफैमा अनौठो कुरा हो । हालै हङकङमा भएको ‘इन्फा अवार्ड’मा पनि यस्तै देखियो । गत असोजमा राजधानीको पाँचतारे होटल  र्याडिसनमा फिल्म निर्माणको घोषणा गरिएको फिल्म ‘हाउ फन्नी’ले सुटिङ नहुँदै प्रचारप्रसारमा आफुलाई अगाडि बढाएको छ । आगामी मंसीर ३ गतेबाट छायांकन हुने फिल्मकी निर्देशक निलु डोल्मा शेर्पाले ‘इन्फा अवार्ड’को मौका पारेर फिल्मको प्रचारलाई अगाडि बढाईन् ।

अवार्डमा सहभागी हुन पुगेका अभिनेत्रीहरु निशा अधिकारी, प्रियंका कार्की र केकी अधिकारी तथा अभिनेता दयाहाङ राई र अनुपविक्रम शाहीमार्फत प्रहसन देखाई निमाले फिल्मको कथाबस्तु दर्शकलाई देखाएकी थिईन् । ‘फिल्मको कथाबस्तु झल्किने किसिमको प्रहसनले आफुहरुलाई निकै फाइदा पुगेको छ,’उनले भनिन्,‘ हामीले आफ्नो फिल्मको कथावस्तुलाई पात्रसहित प्रस्ट्यायौ र दर्शकबाट आएको प्रतिक्रियाले हामीलाई थप हौसाएको छ ।’ फिल्ममा यिनै अभिनेत्री र अभिनेताले अभिनय गर्नेछन् ।

फिल्ममा प्रियंका र केकी जासुसको भूमिकामा देखिदैछन् । फिल्ममा पूर्व मिस नेपाल माल्भिका सुब्बा कार्यकारी निर्माताका रुपमा रहेकी छन् ।

SUBSCRIBE 👉