शिल्पाको शरीरमा रगतको छिटा


Hawaldar-Suntaliग्ल्यामर नेपाल, काठमाडौं ।
डेब्यु फिल्म ‘लज्जा’ले व्यापारिक रुपमा सफलता हात पारिरहँदा नायिका शिल्पा पोखरेलको घाइते शरीरसहितको तस्वीर सार्वजनिक भएको छ । छविराज ओझाले आफ्नो व्यानरमा बनाएको फिल्मले राम्रो पिकअप लिईरहँदा सोही फिल्मकी नायिकाको घाइतेव शरीरसहितको फोटो सार्वजनिक भएको हो । उक्त तस्वीर वास्तविक भने होईन ।

छविकै निर्माण र ऋषि लामिछानेको निर्देशन रहेको फिल्म ‘हवल्दार सुन्तली’को सार्वजनिक फष्टलुकमा शिल्पालाई शरीरमा रगतको छिटासहितको घाइते अवस्थामा देखिइएको हो । यो फिल्म हाल पोष्ट प्रोडक्सनमा रहेको छ । फिल्मले अछामको एक प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार सुन्तली धामीमाथि आफ्नै सहकर्मीले गरेको बलात्कारको घटनालाई प्रस्तुत गरेको छ ।

‘हामीले लज्जाबाट सफलता हात पारिसक्यौ अबको ध्यान हवल्दार सुन्तली तर्फ रहेकाले फष्टलुक सार्वजनिक गरेका हौ ।’ निर्माता छविले भने । किशोर खतिवडा र सविन श्रेष्ठको समेत प्रमुख भूमिकामा अभिनय रहेको फिल्म चैत्र २७ गतेबाट प्रदर्शनमा आउँदैछ ।

SUBSCRIBE 👉