आधिकारिक रुपमै टुक्रिए ऋतिक–सुजैन


Hrithik-Roshan-and-Sussanne-Khan-Divorceमुम्बई ।
बलिउड स्टार ऋतिक रोशनको वैवाहिक जीवन आधिकारिक रुपमा टुक्रिएको छ । १३ वर्षको वैवाहिक जीवनलाई ऋतिक र सुजैनले अन्त्य गरेका हुन्। मुम्बईस्थित बान्द्रा अदालतमा उनीहरुको आधिकारिक डिभोर्स भएको हो। उनीहरु अदालतमा छुट्टाछुट्टै सवारीमा उपस्थित भएको र फर्कदा अनुहारमा तीतोपना नदेखिएको टाइम्स अझ इन्डियाको अनलाइन संस्करणमा उल्लेख छ। ऋतिकका वकिल मुर्लानी देशमुखले आपसी समझदारीमा डिभोर्स भएको जनाएका छन्।

करिब ६ महिना अगाडी ऋतिक र सुजैनको आपसी झगडा अदालतसम्म पुगेको थियो। योबीचमा नजिकमा आफन्त र फिल्मकर्मीले यो जोडीलाई मिलाउन हरसम्भव प्रयास गरेको थियो तर सफल हुन सकेन्। डिभोर्सको खास कारण दुवैले अहिलेसम्म खोलेका छैनन्। दुई छोरा हेरान र ऋद्यान केही समय आमा सुजैनसँगै बस्ने भएका छन्।

SUBSCRIBE 👉