डबिङ सकाएर मिक्सिङमा ‘भीमदत्त’


nisha-adhikari-sumina-ghimire-tashiग्ल्यामर नेपाल, काठमाडौं । अभिनेता तथा निर्माता नवल खड्काले निर्माण गरेको पछिल्लो चलचित्र ‘भीमदत्त’ को डबिङ सकिएर मिक्सिङको काम सुरु भएको छ। डबिङ सकिएको १५ दिनमै अब सबै प्रोडक्सनको काम सकिने निर्माता नवल खड्काले जानकारी गराए।

चलचित्रको अन्तिीम डबिङ अभिनेत्री निशा अधिकारी, नवल र रमेश बुढाथोकीले गरे। हिमग्याप टाँसी शेर्पाको निर्देशनमा बनेको ‘भीमदत्त’ भीमदत्त पन्तको राजनीति जीवनमा आधारित चलचित्र हो। २००७ सालमा राणाशासन विरुद्ध आवाज उठाउँदै न्याय तथा स्वतन्त्रताका लागि लडेका भीमदत्तको २०१० साल साउन १० गते हत्या गरिएको थियो।

‘भीमदत्त’लाई उनका जन्म गाउँ डडेलधुरा तथा सुदूरपश्चिममा न्याय प्रतिमूर्तिका रुपमा लिन्छन् तर अहिलेसम्म राज्यले उनलाई सहिद घोषणा गरेको छैन । यसै विषयलाई कथानक उतारिएको छ।

‘माया बसेछ’, ‘आवाज’ र ‘दसगजा’ चलचित्र निर्माण गरेका नवलले आफूलाई फरकधारको चलचित्र निर्माण गर्न मन लागेर यो फिल्म निर्माण गरेको बताए। चलचित्रको आगामी १८ फागुनमा हङकङमा च्यारिटी हुँदैछ्। चलचित्रमा नवल खड्का, निशा अधिकारी, सुमिना घिमिरे, श्रीराम पुडासैनी, रमेश बुढाथोकी लगायत कलाकारको चलचित्रमा अभिनय छ।

कसरि बनाईयो त चलचित्र “भीमदत्त” – भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
Click Here TO Watch Making of BHIMDATTA

SUBSCRIBE 👉