दीपककी हिरोईन प्रियंका


priyanka-karkiग्ल्यामर नेपाल, काठमाडौं ।
हाँस्य कलाकार, अभिनेता तथा निर्माता दीपकराज गिरीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘वडा नम्बर ६’मा अहिलेकी व्यस्त नायिका प्रियंका कार्की अनुबन्धित भएकी छन् । लामो समयदेखि सेक्सी र सुन्दरी नायिकाको खोजीमा रहेका दीपकले प्रियंकालाई फेला पारेका हुन् ।

हुन त फिल्मका लागि अभिनेत्री रेखा थापा र नवनायिका अकेशा विष्टको पनि चर्चा नचलेको होईन् । तर दुवै कलाकारलाई पछि पार्दै दीपकले प्रियंकालाई नै रोजेका हुन् । यसअघि बनाएको फिल्म ‘छ एकान छ’ले बक्स अफिसमा उत्कृष्ठ व्यापार गरेपछि दीपकले पहिलो फिल्मकै निर्माता दीपाश्री निरौला र निर्मल शर्मासँग मिलेर दोस्रो फिल्म बनाउन लागेका हुन् । नायिका प्रियंका हाल ‘नाई नभन्नु ल ३’सहित केही फिल्ममा व्यस्त छिन् ।

SUBSCRIBE 👉