पञ्जाबी फिल्म बनाउँदै कपिल


kapil-sharmaबलिउडका प्रख्यात कमेडियन कपिल शर्मा चाँडै नै एक पञ्जाबी फिल्मको निर्माताका रुपमा दर्शकमाझ आउने भएका छन् । कपिलका निकट स्रोतका अनुसार उनले फिल्मको स्क्रिप्ट फाइनल गरिसकेका छन् ।

पञ्जाबी मूलका कपिललाई पञ्जाबी फिल्म बनाउँदा भाषाका हिसाबले सजिलो हुने अनुमान फिल्मकर्मीको छ । फिल्मको सुटिङ आगामी वर्ष शुरु हुनेछ भने कपिलले नोभेम्बर डिसेम्बर महिना बीचमा रिलिजको योजना बनाएका छन् ।

समाचार अनुसार कपिल आगामी केही महिनासम्म आफ्नो बलिउड डेब्यु फिल्मको सुटिङमा व्यस्त हुनेछन् । जसको निर्देशन अब्बास–मस्तानले गरिरहेका छन् । डेब्यु फिल्मको काम सकिना साथ कपिल आफ्नो प्रोजेक्टको काम शुरु गर्नेछन् ।

SUBSCRIBE 👉