पुजनाको नृत्यसँगै सकियो चकलेट


Pujana-Pradhanग्ल्यामर नेपाल, काठमाडौं ।
हट तथा ग्ल्यामर नायिका पुजना स्त्रीको ‘हद भन्दा बढी माया गर्छु’बोलको गीतमा नृत्यसँगै सडक बालबालिकाको कथामा बनेको फिल्म ‘चकलेट’को गीतको सुटिङ सकिएको छ । पोखरामा छायांकन गरिएको गीतमा नवअभिनेता आयुष्मान घिमिरेले नायिकासँग रोमान्स गरेका थिए । जसको कोरियोग्राफी प्रसन्न पौडेलले गरेका हुन् ।

मिलन अमात्य र विश्व नेपालीको स्वरले सजिएको गीतमा शिखर सन्तोषको संगीत तथा आनन्द अधिकारीको शब्द रहेको छ। फिल्मका निर्देशक निर्मल शर्मा ‘गैडा’ हुन् । शर्माका अनुसार फिल्मको पोष्टप्रोडक्सनको काम शुरु भईसकेको छ ।

Punaja-Pradhanपूजनाको प्रस्तुति रहेको फिल्ममा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङको पनि लगानी रहेको छ । फिल्ममा अनुज शाक्य, नम्रता झा, केशव भट्टराई, सुमन गैरेसहित आधा दर्जनभन्दा बढि बालबालिकाको पनि अभिनय रहेको छ ।

SUBSCRIBE 👉