ग्ल्यामर नेपाल, काठमाडौं ।
निर्माणाधिन अवस्थामा रहेको फिल्म ‘तँ म र उ’को तस्वीरहरु सार्वजनिक भएको छ । श्रद्धा फिल्म्सको ब्यानरमा निर्माण भईरहेको फिल्म ‘तँ म र उ’ निर्माणको निर्देशन लछु गौतमले गरेकी हुन् । तस्वीरमा अभिनेत्री नीता ढुंगानाले हिउँमा आफ्ना प्रेमी तथा फिल्म ‘फूलै फूलको मौसम तिमीलाई’ डेब्यु नायक आमेश भण्डारी र अर्का कलाकारसँग रोमान्स गरेकी छन् । फिल्ममा आमेशको संगीत रहेको छ ।
नवराज प्रसाई निर्माता रहेको फिल्ममा सुदिन प्रसाईको लेखन, प्रस्तुति र अभिनय रहेको छ । जोमसोम, कागबेनी, मुक्तिनाथ र राजधानीका रमणीय स्थानमा छायांकन गरिएको फिल्ममा सुदिन र नीतासहित दिनेश डि.सी., प्रभाकर श्रेष्ठ, अन्जना आर.सी., पुर्णीमा क्षेत्री तथा बाल कलाकारहरु राजेन्द्र बस्नेत, रोजिना अधिकारीले अभिनय गरेका छन् ।
मिस्टर पेमा लामाको नृत्य निर्देशन, सागर गौतमको संगीत र प्रितम पाण्डेको सम्पादन रहेको फिल्मको हाल सिने जोनमा अन्तिम काम भइरहेको छ । फिल्मका छाँयाकार शम्भु सापकोटा हुन् ।