सार्क सम्मेलनले सर्यो डि सिने अवार्ड


D-cine-awardग्ल्यामर नेपाल, काठमाडौं ।
राजधानीमा मंसीरको दोस्रो साता हुन लागेको सार्क शिखर सम्मेलनले गर्दा डि सिने अवार्ड मंसीर १७ गते हुने भएको छ । छाँयाछविको आयोजनामा मंसीर ११ गते तोकिएको अवार्ड सम्मेलनका कारण फिल्मकर्मीको कम उपस्थिति हुने देखिएपछि मंसीर १७ मा सारिएको हो ।

अवार्डमा प्रतिष्पर्धी २२ विधासहित कुल २५ विधामा अवार्ड प्रदान गरिनेछ । विगत ६ वर्ष देखि निरन्तर रुपमा आयोजना हुँदै आएको सातौं संस्करणको अवार्डको मिति परिवर्तनसँगै तयारी समेत तिब्र पारिएको आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले बताए । ‘कार्यक्रमलाई भव्य बनाउनका लागि हामीले गत वर्षहरुमा भन्दा यसपटक केही नयाँ आकर्षण थप्ने समेत तयारी गरिरहेका छौं,’शान्तिप्रियले भने,‘ कमेडी प्रहसनसँगै फिल्मका गीत संगीतमा नृत्य र गायनसमेत अवार्डको आकर्षण रहनेछ ।’

अवार्डका लागि ‘मोक्ष’, ‘मौन’, ‘छ एकान छ’, ‘नाइ नभन्नु ल २’ र ‘महशुस’ बिच उत्कृष्ट फिल्मका लागि प्रतिष्पर्धा रहेको छ भने निर्देशकका लागि ‘महसुश’बाट नवन नेपाल, ‘बितेका पल’बाट सुरज सुब्बा, ‘छ एकान छ’बाट दिनेश डिसी, ‘नाइ नभन्नु ल २’ बाट विकास आचार्य र ‘झोले’बाट दिपेन्द्र के. खनाल मनोनयनमा छन् ।

SUBSCRIBE 👉