चर्चित निर्देशक आलोक नेम्वाङ मृत फेला


Alok-Nembang

Alok Nembang | File Photo: Glamour Nepal

ग्ल्यामर नेपाल, काठमाडौँ ।
चलचित्र तथा म्युजिक भिडियोका चर्चित आलोक नेम्वाङ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। ग्रान्डी भिल्ला स्थित आफ्नै निवासको भर्‍याङको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको उनका आफन्त तथा प्रहरीले जानकारी दिएका छन्। विहीबार राति ८ बजे उनी मृत फेला परेका हुन्।

चलचित्र “सानो संसार” बाट चलचित्र निर्देशनमा होमिएका नेम्वाङ निर्देशित चलचित्र “अझैं पनि” फागुन १५ गते रिलिज हुने तयारी छ। “कोही मेरो” जस्ता चर्चित फिल्मको निर्देशन गरेका थिए । दर्जनौं म्युजिक भिडियोको निर्देशन गरिसकेका नेम्वाङ मृत फेला पर्नुको कारण खुल्न सकेको छैन।

SUBSCRIBE 👉