सुमिनाको ओठ छुने दिक्पाल चाहना (भिडियो)


Ranga-Baijaniग्ल्यामर नेपाल, काठमाडौं ।
१२ वर्षपछि फिल्म निर्देशनमा पुनरागमन गरेका निर्देशक शम्भु प्रधानको पछिल्लो फिल्म ‘रंग बैजनी’को ‘ओठले छोई’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अभिनेता दिक्पाल कार्की र अभिनेत्री सुमिना घिमिरेले फिचरिङ गरेका छन् ।

गीतमा दीप प्रधानको संगीत र स्वर रहेको छ भने बसन्त श्रेष्ठको कोरियोग्राफी छ । नूतन, इश्वरी र सिया निर्माता रहेको फिल्म आगामी मंसीर १९ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा गरिमा पन्तको पनि अभिनय रहेको छ । मित्र गुरुङले सम्पादन गरेको फिल्ममा शम्भुका छोरा सशांक प्रधानको सिनेमाटोग्राफीे छ ।

SUBSCRIBE 👉