सकियो नो स्मोकिङ


No-Smokingग्ल्यामर नेपाल, काठमाडौं ।
फिल्म ‘नो स्मोकिङ’को आइतबार सुन्दरीजलको आसपासमा छायांकन गर्दै सुटिङ सकिएको छ । यस अघि ‘मन परेपछि’ निर्देशन गर्दै फिल्म क्षेत्रमा निर्देशकको रुपमा डेब्यु गरेका सुमन दाहालद्वारा निर्देशित यस फिल्ममा धुम्रपानले पार्ने असरलाई देखाइएको छ ।

‘धुम्रपानको लत लाग्दा पर्ने असरलाई हामीले यसमा फिल्मी शैलीमा प्रस्तुत गरेका छौं ।’ निर्देशक दाहालले भने । खैरावङ् फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित यस फिल्मलाई मुरारी पोखरेलले निर्माण गरेका हुन् ।

Jharana-Thapaफिल्ममा झरना थापा, सञ्जय खतिवडा, महिमा सिलवाल, रमेश बुढाथोकी, दिनेश देवकोटालगायतको अभिनय रहेको छ । पोष्टप्रोडक्सनमा जाने तरखरमा रहेको यस फिल्मलाई आउदो बैशाख ११ मा रिलिज गरिने निर्देशक दाहालले बताए ।

SUBSCRIBE 👉