नाइकेको अडियो सार्वजनिक


Aryan-Sigdelग्ल्यामर नेपाल, काठमाडौं ।
लभर ब्वाईका रुपमा पहिचान बनाएका अभिनेता आर्यन सिग्देललाई एक्सन अभिनेताका रुपमा प्रस्तुत गरिएको फिल्म ‘नाइके’को अडियो सार्वजनिक गरिएको छ । राजधानीमा मंगलबार आयोजित कार्यक्रममा अभिनेता आर्यन सिग्देल, निर्देशक नेत्र गुरुङलगायतले विमोचन गरे ।

फिल्ममा ‘हो म नाइके’,‘लोभी भमरा’, ‘किनकी मेरो जीवनमा’ र ‘प्यासी प्यासी’ बोलका गीत छन् । गीतमा योगेश काजी, मेलिना राई, धर्मेन्द्र सेवान, निरज गुरुङ र रोशनी अधिकारीको स्वर, दिनेश राउत, नेत्र गुरुङ, सुकबहादुर गुरुङ र रमण गायकको शब्द तथा रमण गायक, योगेश काजी, ताराप्रकाश लिम्बुको संगीत रहेको छ ।

Naikyaफिल्ममा आर्यनबाहेक रेम विक, सुर्विना कार्की, बोधराज रेग्मी, सारिका केसी, विजयराज सेञ्चुरी, राजु कमेडीलगायतले अभिनय गरेका छन् । फिल्म मंसीर १९ गते रिलिज हुँदैछ । फिल्म नारायण खनाल, जगदिश खनाल, आनन्द क्षेत्री र संगीता पराजुलीले निर्माण गरेका हुन् ।

SUBSCRIBE 👉