प्रचारप्रसार नहुँदा सर्यो माइ प्रमिस


Keki-Adhikariग्ल्यामर नेपाल, काठमाडौं ।
मंसीर ५ मा रिलिज गरिने भनिए पनि प्रचारप्रसार नहुँदा फिल्म ‘माइ प्रमिस’ले रिलिज मिति पौष ११ मा सारेको छ । फिल्मका निर्माता तथा नायक रमेशचन्द्र राईले विभिन्न प्राविधिक कठिनाई र हल व्यवस्थापनमा समस्या देखिएकाले फिल्मको रिलिज मिति सारिएको बताए ।

सुरज सुब्बा नाल्बोले निर्देशन गरेको फिल्म टिआरएनजी प्रोडक्सनको ब्यानरमा बनेको हो । फिल्ममा नरकुमार लिम्बु, केकी अधिकारी, विल्सनविक्रम राई, अनुराग कुँवर, मार्टिन खान लगायतका कलाकारहरुको अभिनय रहेको छ । विदेशमा रहेका नेपाली लाहुरेको कथा समेटिएको फिल्मलाई सेन्सर बोर्डले ‘पिजी’ सर्टिफिकेट दिइसकेको छ ।

SUBSCRIBE 👉