टुल्के कि हिरोईन भन्छिन् – लभ नै परेको भए देखाउन किन डराउँथें र ?


Richa-Sharma-Nepali-Actressग्ल्यामर नेपाल, काठमाडौं ।
‘टलकजंग भर्सेज टुल्के’की फुली अर्थात हिरोइन ऋचा शर्मा आजकल सिंगल छिन्। उनका कुरा पत्याउने हो भने विनय श्रेष्ठसँगको अफयेर टुटेपछि उनले अर्को प्रेमी फेला पारेकी छैनन्। फिल्म ‘भिषा गर्ल’ फ्लप भएपनि विनयसँगको उनको प्रेमयात्रा रोकिएको थियो। त्यसपछि नजिकका केटा साथी धेरै भएपनि प्रेमी कोही नभएको दाबी उनको छ। भलै बेलामौकामा मिडियामा कहिले निर्देशक निश्चल बस्नेत त कहिले हिरो गौरव पहारीसँग हिमचिम बढेको खबरले चर्चा पाउने नगरेको किन नहोस्। तर उनी निश्चल र गौरव ‘मिल्ने साथी’ मात्र भएको बताउँछिन्।

 

बरु मिडियामा आउने यस्ता हल्लाले आफूलाई तनाब दिने गुनासो छ ऋचाको। भन्छिन्, “लभ नै परेको भए देखाउन किन डराउँथें र ? पहिले विनयसँग रिलेसनमा हुँदा लुकाएकी थिएँ त ?” हुन पनि हो, उनले विनयसँगको पीरती सार्वजनिक रुपमै स्वीकारेकी थिइन्। ‘भर्सनटाइल एक्ट्रेस’को छवि बनाएकी ऋचाले अहिले करिअरलाई बढी प्राथमिकतामा राखेको भन्न पनि छुटाइनन्।

 

बीचमा केही समय हराएकी ऋचा फेरी एकपटक लाइमलाइटमा छिन्। समिक्षक समाजले वितरण गरेको पहिलो अवार्डमा फिल्म ‘उमा’बाट सर्वोकृष्ट अभिनेत्रीको अवार्ड जितेपछि उनको चर्चा चुलिएको हो। त्यसमाथि टुल्केको सफलतासँगै उनको करिअरले पिकअप लिने पक्का छ। उनी अभिनित ‘जीन्दगी रक्स’, ‘जंगे’लगाएतका फिल्म रिलिजका क्रममा छन्।

ऋचा शर्मा फोटो शुट भिडियो – Click Here to Watch Video

SUBSCRIBE 👉