मंसीर १५ मा सिजी कामना फिल्म अवार्ड


Nita-Dhungana-Kamana-Magazine-Coverग्ल्यामर नेपाल, काठमाडौं ।
सिजी इन्टरटेनमेन्टको सहकार्यमा कामना फिल्मी मासिक पत्रिकाले आयोजना गर्न लागेको ‘सिजी कामना फिल्म अवार्डस् २०७१’ आगामी मंसीर १५ गते राजधानीको आर्मी अफिसर्स क्लबमा हुने भएको छ । कामना मासिकको ३१ औं वार्षिकोत्सवको दिन पारेर उक्त दिन अवार्ड गर्न लागिएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार २०७० साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली फिल्मलाई सामेल गरी यसै वर्षबाट अवार्ड कार्यक्रम आरम्भ गर्न लागिएको हो । ‘समग्र नेपाली फिल्म उद्योगका कलाकर्मी एवं प्राविधिक र यससँग सम्बन्धित संघसंस्थाको सहभागिताले अवार्ड नेपाली फिल्म क्षेत्रको कोशेढुंगा सावित हुनेछ ।’ कामनाका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठले भने ।

सिजी इन्टरटेनमेन्टका अध्यक्ष तथा प्रतिष्ठित उद्योगपति एवं साहित्यकार बसन्त चौधरीले कामना फिल्म अवार्ड्ससँग जोडिनु आफ्नो र आफ्नो  कम्पनीका लागि गौरवसँगै सुखद पक्ष रहेको जनाए । सिजी इन्टरटेनमेन्ट र कामना सिने मासिकको प्रकाशन गृह कामना न्यूज पब्लिकेसन्स्बिच ५ वर्षसम्म अवार्ड आयोजना गर्ने गरी सम्झौता भएको छ ।

आयोजकले प्रतिस्पर्धाका आधारमा मुख्य अवार्ड, प्राविधिक अवार्ड र अप्रतिस्पर्धीरुपमा सम्मान, क्रिटिक्स एवम् जुरी अवार्ड गरी ५ भागमा अवार्ड प्रदान गरिने जनाएको छ । कामनाले ३१ वर्षको यात्रा पुरा गरेकोमा कुल ३१ विधामा प्रदान गरिने अवार्डमा यसै क्षेत्रमा जीवन बिताउने कलासाधकलाई १ लाख रुपैयाँ नगदसहित ‘कीर्तिमय दीर्घ योगदान सम्मान’ (लाइफ टाइम एचिभमेन्ट अवार्ड) २०७१ बाट सम्मानित गरिने भएको छ ।

SUBSCRIBE 👉